थप ३ जनामा कोरोना संक्रमण भएकाे पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो

0

काठमाडौं। बुधबार पनि नेपालमा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालका प्रवक्ता विकास देवकोटाका अनुसार आज थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । प्रवक्ता देवकोटाका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसीआर परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरुमा क्रमश: २४, ६० र ७२ वर्षका पुरुष छन् । डा देवकोटाका अनुसार हाल संक्रमितको संख्या ४५ पुगेको छ भने निको हुने संक्रमित ७ जना रहेका छन् । सेती प्रादेशिक अस्पतालमा उपचारत अर्का एक कोरोना संक्रमित निको भएपछि उक्त संख्या ७ पुगेको हो । अस्पतालका अनुसार कञ्चनपुर वेदकोट नगरपालिका– ९ का ४० वर्षीय पुरुष कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन् ।

कोरोनाको संक्रमणबाट मुक्त भएपछि सेती प्रादेशिक अस्पतालले उनलाई बुधबार डिस्चार्ज गरेको छ । उनी भारतबाट नेपाल आएका थिए । उनमा गत चैत २२ गते कोरोना संक्रमण देखिएको पुष्टि भएको थियो ।

कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुषसँगै सेती प्रादेशिक अस्पतालमा रहेका ३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अस्पतालमा अब २ जना संक्रमित उपचारत छन् । यस्तै शुक्रराज अस्पतालमा उपचारत धादिङका कोरोना संक्रमति पनि निको भएका छन् । उनी भने डिस्चार्ज भइसकेका छैनन् ।

Leave A Reply

Your email address will not be published.