ज्ञानेन्द्र शाही प’क्राउ पर्नुका कारण अर्कै रहेछ! के भन्छन् एसएसपी राई ?

0

काठमाडौं। सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही पक्राउ परेको छन् । जनतालाई राहत बाँड्ने शिलशिलामा सरकारसंग समन्वय नगरी प्रशासनको विरुद्धमा गएको हुनाले उनी मंगलबार राती पक्राउ परेका हुन् ।

शाही विरुद्ध संक्रमण रोग नियन्त्रण ऐन २०२० अनुसारको मुद्या दर्ता गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताएका छन् । एसएसपी राईका अनुसार राहतका नाममा शाहीले नेपाल सरकारद्धारा जारी भएको लकडाउनको विरुद्धमा गएर स्थानीय तह तथा जनप्रतिनीधि कसैसंग पनि समन्वय नगरी राहत बाँडेको र सडकमा अनावश्यक भीड जम्मा पारेर कोरोनाको संक्रमणलाई बढावा दिएको हुनाले उनलाई प’क्राउ गरिएको बताईएको छ ।

एसएसपी राई भन्छन्,“शाहीले लकडाउनको उल्घंन मात्र गरेनन् निरन्तर रुपमा म लगायत अन्य प्रहरीहरुलाई पनि ध’म्कीपुर्ण टेलीफोन गरेर अ;श्लील शब्दले गा/ली गर्नुका साथै प्रहरीका परिवार र छोराछोरीलाई मा/र्छु र का/ट्छु भन्दै ध/म्कीपुर्ण म्यासेज पठाएपछि हामीले उनलाई गिरफ्तार गर्न बाध्य भएका हौं ।” शाहीलाई यसै विषयमा केन्द्रित भएर अनुसन्धान शुरु गरिएको एसएसपी राईले बताएका छन् ।

ज्ञानेद्र शाहीले प्रयोग गरेको फोन नम्बरको निगरानी शुरु गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार ईन्टरपोल र साईबर ब्यूरोको सहयोगमा अनुसन्धान भईरहेको छ । फोन तथा म्यासेज गर्नेहरु शाहीबाट परिचालन भएका हुन् या होईनन् भन्ने विषय पनि अनुसन्धानको पाटोमा रहेको प्रहरीले जनाएको छ । शाही हामी नेपाली हाम्रो नेपाल अभियानका संयोजक हुन् ।

Leave A Reply

Your email address will not be published.