आमाको उपचार गर्न नसेकर छोराले जिवन त्यागे, छोरा गुमाएको पी’डा सहन नसकेर आमाले पनि छोडिन् संसार (भिडियो)

0

पोखरा । पोखरामा एक जना युवाले आफ्नो विरामी आमाको उपचार गर्न नसकेपछि जिवन त्यागे । केही दिन देखि घरवाट हराएका उनी वैशाख ५ गते निधन भएको अवस्थामा खोलामा फेला परे र छोराको निधन भएको खबर पाएपछि विरामी आमा अचेत भइन् । अचेत अवस्थामै रहेकी उनले पनि संसार छोडिन् । सुन्दै कुनै फिल्मको कथा जस्तो लाग्ने यो पीडादायी घटना पोखरामा भएको हो । पोखरा महानगरपालिका वार्ड नं ३२ मजुवावस्तीमा आमा बुवा र एउटा सानो भाइका साथमा बस्दै आएका रोहन तामागं चैत २७ गतेवाट हराएका थिए । उनी वैशाख ५ गते खोलामा म त अवस्थामा फेला परे । उनको शव कोत्रे खोलामा फेला परेपछि उनको आमा अचेत अवस्थामा थिइन् ।

छोरालार्य गुमाएको केही दिनमा उनले पनि संसार छाडेकी छन् । उनको बुवाले छोराको श व पोष्टमार्टमका लागि लिएर गए तर आमाको होस खुलेको थिएन । लकडाउनका कारण निकै अप्ठेरोमा परेको यो परिवारका लागि सहयोग जुटाउन छिमेकीहरु जुटे । पुत्र वियोगमा रहेर अचेत रहेकी आमा, वुवा र उनको कान्छो छोरा भोकै बसेका थिए । त्यसैले सहयोग जुटाउँदै थिए । जव छिमेकीहरु राहत लिएर घर पुगे त्यतीबेला उनीहरुले अर्को विपदको सामना गर्नुपर्यो । छोराको वियोगमा अचेत रहेकी आमाले पनि यो संसार छोडिन् । अहिले रोहनको बाबा विलौना गरेर बसेका छन् । सानो कान्छो छोरा भोकै बसेका छन् । राहत लिएर गएकाहरु नै रोहनको आमाको पनि मलामी बन्नुपरेको छ ।

२० वर्षका छोरा आफ्नी विरामी आमाको उपचारका लागि पोखरा आएका थिए । आमालाई निको बनाउन उनले निकै दुख गरेका थिए । तर आमालाई उनले स्वास्थ्य बनाउन सकेनन् । त्यसैले उनले देह त्याग गरेको अनुमान गरिएको छ । छोराको वियोग सहन नसकेर आमाको पनि यो संसार छोडेकी छन् ।

Leave A Reply

Your email address will not be published.