उदयपुरमा चारसय वटा मास्क वितरण गर्ने व्यक्ति र अटो चालकलाई पनि को’रोना सङ्क्रमण

0

उदयपुर,उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर-३ मा मास्क बनाउने जिम्मा दिइएका व्यक्तिलाई नै को’रोनाको सङ्क्रमण भएको छ ।भुल्केमा टेलरिङ व्यवसाय सञ्चालन गर्ने ती व्यक्तिलाई एक सामुदायिक वन कार्यालयले मास्क बनाउने जिम्मा दिएको थियो । उनले ८ सय वटा मास्क तयार गरेका र तीमध्ये आधा जति आफैँले वितरण गरेका थिए । उनले बनाएकामध्ये चारसय मास्क भुल्केको मस्जिद आसपासको गाउँमा वितरण गरिएको थियो । त्यस्तै भुल्केकै एक अटो चालकमा पनि को’रोनाको सङ्क्रमण देखिएको छ ।

उनको परिवारका पाँच जनामा को’रोना सङ्क्रमण देखिएको हो । उनले धेरैजसो भुल्के, मोतिगडा, गाईघाट, सोनुवा, मोथियाही लगायतका ठाउँमा अटो चलाएका थिए ।यी दुवै भुल्केमा सङ्क्रमण पुष्टि भएका ११ जनामध्येमा पर्दछन् ।अटोमा चढेका सर्वसाधारण र अटो चालकहरु गरी सयौँ जना उनको सम्पर्कमा आएको हुनसक्ने सिटी सफारी तथा अटो व्यवसायी संघका अध्यक्ष जयप्रसाद आचार्यले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.