डिस्चार्ज भए पनि कोहि लिन नआएपछि घर जान पाएनन् कोरोना जितेका तामाङ

0

काठमाडौं। धादिङका उर बहादुुर तामाङ अस्पतालबाट डिस्चार्ज भएपनि घर जान पाएका छैनन् । उनलाई लिन आफन्तहरु नआएपछि उनी घर जान नपाएका हुन ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक सागर राज भण्डारीको अनुसार कोही आफन्त लिन नआएपछि उनी घर जान नपाएका हुन् ।

उनले भने, ‘अब यता होटलहरु सबै बन्द छ, कतै बस्न सक्ने कुरा भएन, लकडाउनको कारण धादिङबाट आफन्तहरु आजै आउन सकेनन् ।’ अस्पतालको निर्देशक राज भण्डारीका अनुसार धादिङमा रहेका उनका आफन्तहरुलाई ढिलो खबर पुगेको कारण तुरुन्त आउन नसकेका हुन् ।

सोही कारण नेत्रावत्री गाउँपालिकाको स्वास्थ्य संयोजकलाई अस्पतालले खबर गरिदिएको छ । गाउँपालिकाले उनलाई लिन बिहीबार एम्बुलेन्स पठाउने जनाएको छ । राजभण्डारीले भने, ‘उनी भोलि घर पुग्छन् ।’

Leave A Reply

Your email address will not be published.