काठमाडौंको लकडाउन हटाउने तयारी

0

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोसिभड–१९) का लगाइएको लकडाउनको मोडेल परिवर्तन हुने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट संसदमा प्रतिनिधित्व गर्ने नेकपा सांसदहरुसँग बुधबार बालुवाटारमा भएको सामूहिक छलफलमा ओलीले सं,क्रमण नदेखिएका स्थानमा लकडाउन अ,न्त्य गर्न सकिने संकेत गरे ।

‘लकडाउनको मोडेलमा केही परिवर्तन हुन्छ’, ओलीको भनाइ उ,द्धृत गर्दै डोटीका सांसद प्रेम आलेले भने, ‘नयाँ सं,क्रमित नदेखिएको ठाउँमा क्रमशः लकडाउन ह,टाउन सकिन्छ । आलेका अनुसार प्रधानमन्त्रीको संकेत काठमाण्डौं थियो ।

काठमाण्डौंमा एक यु,वतीमा कोभिड–१९ पुष्टि भएकामा निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् । ‘प्रधानमन्त्रीले ठ्या,क्कै स्थान त खुलाउनुभएन’, आलेले भने, ‘तर हामीले के बुझ्यौं भने अब वैशाख १५ गतेपछि नयाँ सं,क्रमित देखिएनन् भने काठमाण्डौं खुल्छ ।’

आलेका अनुसार हाल ब,न्द रहेकमा भारतसँगका नाका भने नखुल्ने प्रधानमन्त्रीले स्पष्ट गरे । ओलीले महामा,री फै,लने सम्भावना कायम रहेसम्म नाका नखोलिने स्पष्ट गरे । भारतमा सं,क्रमण बढिरहेकाले नेपालसँग जोडिएका भारतीय नाका खोल्नु प्रत्यु,त्पादक हुने उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.