बलिउड अभिनेता सञ्जय दत्तलाई पत्नी मान्यताको चिन्ता

0

मुम्बई,बैशाख ११ – बलिउड स्टार सञ्जय दत्त आफ्नो परिवारबाट एक्लिएका छन्। सञ्जय मुम्बईमा छन् भने उनकी पत्नी मान्यता र छोराछोरी दुबईमा छन्। कोरोना भाइरस लकडाउनका कारण उनीहरू महिना दिनभन्दा बढी दुबईमा अड्किएका छन्। त्यसैले सञ्जय चिन्तित छन्। उनीहरू लकडाउनभन्दा अघि बिदा मनाउन दुबई गएका थिए।

सञ्जय पत्नी र छोराछोरीसँग दिनहुँ भिडियो च्याट गरेर नियास्रो मेटिरहेका छन्। ुम दिनहुँ बच्चाहरूसँग च्याट गर्छु। तर उनीहरूको चिन्ता सधैं रहन्छु, उनले भने, ुमैले जीवनको केही समय लकडाउनमा बिताएको छु। पहिले र अहिले सधैं म आफ्नो परिवारलाई सम्झिरहेको हुन्छु।ु स्मरण रहोस्, अवैध हतियार राखेको अभियोगमा उनी लामो समय बन्दी जीवन बिताएका थिए।

ुमेरो लागि परिवार नै सबथोक हो। म यो प्रविधिलाई धन्यवाद दिन चाहन्छु। किनभने यसको कारण मैले उनीहरूलाई देख्न सकिरहेको छु। यो समय यस्तो छ कि यसले जीवनमा परिवारको मूल्य के हो भनेर बताउँछु, सञ्जयले भनेका छन्।अन्न्पुर्ण पोष्टमा खबर छ ।

पहिलो पत्नी ऋचा शर्माको निधनपछि सञ्जयले रेहा पिल्लेसँग विवाह गरेका थिए। पिल्लेसँग सन् २००५ मा सम्बन्धविच्छेदपछि सन् २००८ मा मात्र उनले मान्यतासँग विवाह गरेका थिए।

Leave A Reply

Your email address will not be published.