नेपालमा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो

0

काठमाडौ, बैशाख ११ – (विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ८४ हजार ३२६ जनाको मृत्यु भएको छ भने २६ लाख ४५ हजार व्यक्ति संक्रमित भएका छन् ।

त्यस्तै नेपालमा पनि थप २ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। २ जना कोरोना संक्रमित देखिएसंगै संक्रमितको संख्या ४७ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नेपालमा बिहिबार थप २ जनामा कोेरोना पोजेटिभ देखिएको हो ।

उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमित भएका ७ जना निको भइसकेर घर फर्किसकेका छन् । भने भारतमा पनि गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.