सनसिटी अपार्टमेन्टका दुई कोरोना संक्रमित निको भए

0

काठमाडौ, बैशाख ११ -विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ८४ हजार ३२६ जनाको मृत्यु भएको छ भने २६ लाख ४५ हजार व्यक्ति संक्रमित भएका छन् । त्यस्तै कागेश्वरी मनोहरा नगरपालिका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोनाको सङ्क्रमण भएका निको भएका छन्। उनिहरुलाई टेस्ट (आरडीटी) गर्दा कोरोना भाइरसको आशङ्का भएपछि रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) बाट परीक्षण गर्दा कोरोनाको सङ्क्रमण देखिएको थियो ।

उनिहरु दबै बेलायतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए । संक्रमण भएको पुष्टि भएपछि पाटन अस्पतालमा उपचाररत उनीहरु निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए । अस्पताल भर्ना भएको १० दिनपछि उनीहरू डिस्चार्ज भएका हुन्। ८१ वर्षीय महिला र अर्का ५८ वर्षीय पुरुष नातामा आमाछोरा हुन् । उनीहरूलाई वैशाख १ गते र्यापिड टेस्ट गर्दा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएको थियो।योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ९ जना पुगेको छ ।

बिहीबार फेरि कोरोनाभाइरसको थप दुई जना संक्रमित थपिएका छन् । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave A Reply

Your email address will not be published.