चीन सरकारले रा’हत स्वरुप निशुल्क दिएको इण्डक्सन चुलो ४ हजारमा ध’माधम बेच्दै खाद्य
काठमाडाैं । चीन सरकारले २०७२ साल बैशाख १२ गते गएको भूकम्प पश्चात् रा’हत स्वरुप नि’शुल्क रुपमा पठाएका इण्डक्सन चुलो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ध’माधम ४ हजार रुपैयाँमा बिक्री गर्न थालेका छन् ।को’रोना भा’इरस का कारण बजारमा खाना पकाउने ग्यासको अ’भाव देखिएपछि इन्डक्सन चुलोप्रति उपभोक्ताको आ’कर्षण बढेको हो । को’रोनाको ह’ल्लाले बजारमा ग्यास नपाएपछि उपभोक्ता दैनिक चुलो किन्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा आउने गरेका छन् ।कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले ग्यासको विक’ल्पका रुपमा रहेको चुलोको मा’ग बढेको बताए ।
उनका अनुसार अहिले दैनिक मानिस चुलो किन्न कम्पनीमा आउने गरेका छन् । कम्पनीले प्रधान कार्यालय भद्रकाली, बिक्री केन्द्र थापाथली र सिंहदरबार तथा घुम्ती बिक्री के’न्द्रमा चुलो बेच्ने गरेको छ ।“पहिलेभन्दा को’रोनाको ह’ल्लाले ग्यास न’पाएपछि धेरै मानिस फोन गरेर चुलोबारे सोध्ने गरेका छन्”, उन भने, “दैनिक १०–१५ चुलो बिक्री भइरहेका छन् ।” भूकम्पका बेला चीन सरकारले नेपाललाई उ’पलब्ध गराएको चुलो अहिले पनि स’ङ्कटका बेला उपभोक्ताले लिने गरेका छन् । चीन सरकारले सित्तैमा नेपाललाई उक्त चुलो दिएको थियो ।
भूकम्प र भारतीय ना’काबन्दीमा बिक्री भएको चुलो त्यस यता त्यति बिक्री भएको थिएन । सबै प्रकारका भाँडा प्रयोग गर्न मिल्ने उक्त चुलोको मूल्य रु चार हजार पर्छ । पहिले चुलोको मूल्य रु १२ हजार तो’किए पनि उपभोक्ताको हि’तलाई ध्यानमा राखेर रु चार हजार कायम गरिएको नायब महाप्रबन्धक खनालले जानकारी दिए ।चुलोमा आवश्यकताअनुसार २०० वाटदेखि एक हजार ६०० वाट विद्युत् प्रयोग गरेर खानेकुरा पकाउन सकिन्छ । आफूलाई आवश्यकताअनुसार कति चाँडो खाना पकाउने हो त्यहीअनुसार क्ष’मता ब’ढाउन सकिन्छ । चुलोसँगै एउटा क’राही पनि सि’त्तैमा उपलब्ध गराउने गरेको छ ।