कैटरिनाले सलमानलाई विवाहका लागि प्रपोज गरेपछि…

0

मुम्बई -पछिल्लो समय बलिउड अभिनेता सलमान खान र सोनाक्षि अभिनित फिल्म दंबग तिन मा रिलिज भइसकेको छ । धेरै फ्यानले सलमान खानलाई विवाहको विषयमा सोध्ने गर्छन। तर सलमान खानले कुनै जवाफ दिँदैनन्। तर फिल्म भारतमा उनको विवाह भएको छ ।

यसको खुलासा फिल्म निर्देशक अली अब्बासले आफ्नो ट्विटमार्फत गरेका थिए । केहि समय पहिला अलीले ट्विटरमा एउटा भिडियो क्लिप शेयर गरेका गरेका थिए । उक्त भिडियो क्लिपमा कैटरिनाले सलमानलाई विवाह गर्न प्रस्ताव गरेकी छन्। भिडियोमा कैटरिनाले भनेकी छन्, ‘मेरो विवाह गर्ने उमेर भइसकेको छ, मलाइ तिमी मन पनि पर्छौ, हाम्रो विवाह कहिले हुन्छ भन।’

कैटरिनाको यो कुरा सुनेपछि सलमान खोक्न थाल्छन्। यो फिल्मको डाइलग हो जो समाजिक संजालमा निकै भाइरल भइरहेको थियो । यसो त यो जोडी कुनै समय प्रेममा थियो । पछि कट्निा रणवीरको प्रेममा परेपछि सलमानसँग ब्रेकअप भएको थियो ।

Leave A Reply

Your email address will not be published.