मृगौला पिडित भाईलाई औषधी खुवाउन पैसा नभएपछि दिदी रुदै मिडियामा ! शिशिर भण्डारीले उपचार खर्च दिए (भिडियो हेर्नुस्)

0

लकडाउनको समयमा धेरै जना रोगले मर्ने डरमा छन् तर कति भोकले मर्दैछन् । तारा रोकाया र सुरेश रोकाया त त्यहि अभावमा बाँचिरहेकाहरु मध्ये एक मात्र हुन् । यहाँ अरु कति धेरै पिडामा छन् । आफ्नो दुवै मृगौला फेल भएर जीवन मरणको दोसाधमा रहेको भाईलाई बचाउन सबैसँग रोईकराई सहयोग मागिरहेकी तारा रोकाया यतिबेला झनै समस्यामा परेकी छिन् । घरमा बुढी आमा र बिरामी भाई छन्, ज्यालादारी गरेर कमाएर भाईको उपचार गराईरहेकी ताराको त्यो बाटो पनि बन्द भयो, लकडाउनका कारण ।

अहिले तारासँग भाईलाई औषधी खुवाउन पैसा पनि छैन । मलाई रुदै फोन गरिन्, मैले आफुले सकेको १० हजार रुपैंया सहयोग गरें । आफ्नो भाईलाई बचाईदिनस भन्दै तारा धेरै रोईन्, साह्रै दुख लाग्यो । मैले दिएको १० हजारले एक महिनाको औषधी त आउला तर त्यसपछि..😢 भाईको मृगौला प्रत्यारोपण गर्न ५ लाख लाग्ने ताराले बताएकी छिन् । हजुरहरुबाट पनि सहयोगको आशा राख्दछु । सबैले शेयर गरिदिनुहोला
सहयोगका लागि- Tara Rokaya- 9845285714 भिडियो हेर्नुस-

Leave A Reply

Your email address will not be published.