आमाको मुख हेर्ने दिन, आमाको अंगालोमा मुस्कुराउँदै लोकप्रिय नायिका प्रियंका कार्की

0

काठमाडौ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । आज छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएका भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । यसैबिच लोकप्रिय नायिका प्रियंका कार्कीले आमासँग अंगालोमा बाँधिएर मुस्कुराइरहेको तस्विर पोष्ट गरेकी छिन् ।

https://www.instagram.com/priyanka.karkiifc/?utm_source=ig_embed

Leave A Reply

Your email address will not be published.