कोरोना उपचारमा नेपाली चिकित्सकलाई लगातार सफलता: निको हुनेको संख्या १० पुग्यो

0

धनगढी। सुदूरपश्चिममा चौथो कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी छन । लम्की चुहा नगरपालिका वडा नम्वर १ घर भएकी महिलालाई आज सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो ।उनको पनि लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका प्रबक्ता जगदिश जोशीले जानकारी दिए । उनी विरगञ्जबाट आएर १२ दिन क्वारेन्टाईनमा बसेकी थिईन् भने चैत २२ गते कोरोना पुष्टि भएको थियो ।यो संगै सुदूरपश्चिम प्रदेशमा चार जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

अव एक जना महिला मात्रै सेती अस्पतालको आईसोलेसनमा उपचाररत रहेकी छन ।आजै काठमान्डौको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एक ८१ महिला र उहाँको ५८ वर्षिया छोरा पनि आजै निको भई पाटन अस्पतालबाट डिस्चार्ज भएका छन् ।यौ सँगै नेपालमा कोरोना संक्रमणको उपचार पछि निको हुनेको संख्या १० पुगेको छ ।

Leave A Reply

Your email address will not be published.