फेरि राजधानी काठमाडाैंबाट आयो अर्को खुसीको खबर, उपत्यकावासी खुसीले गदगद

0

काठमाडाैं । भनिन्छ औशीको अध्यारो रातमा पनि उज्यालो प्रकाशको आशा मर्दैन । कोरोनाको सन्त्रासमा रहेको नेपालमा अहिले त्यस्तै अवस्था छ । नेपालमा लगातार एकपछि अर्को कोरोना संक्रमणका बिरामी बढेपनि निको हुनेहरु पनि दिनदिनै जसो बढ्न थालेका छन् । जसलाई हामी नेपालीले सुखद समाचारका रुपमा ग्रहण गर्नुपर्छ ।

नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मुक्त हुने व्यक्तिको संख्या १० पुगेको छ । पछिल्लो पटक सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचाररत ६५ वर्षीया महिला अस्पतालबाट डिस्चार्ज भएसँगै उपचारपछि निको हुने संक्रमितको संख्या १० पुगेको हो ।

सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल र ललितपुरको पाटन अस्पतालबाट गरी बिहीबार मात्रै ३ जना कोरोना संक्रमित बिरामी निको भएर डिस्चार्ज भएका छन् । यस्तै, बुधबार नै डिस्चार्जको प्रक्रिया पूरा गरिएका धादिङका युवा पनि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएका छन् ।सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी ६५ वर्षीया महिलामा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कैलालीको लम्कीचुहा नगरपालिका घर भएकी उनी पर्साको वीरगन्जमा चिया पसल चलाउँदै आएकी थिइन् ।

लकडाउनपछि वीरगन्जबाट कैलालीस्थित घर आएकी उनी क्वारेन्टाइन अवधि पूरा गरेर घर समेत गइसकेकी थिइन् । तर, कोरोना संक्रमणको आशंका संकलन गरिएको नमूना परीक्षण गर्ने क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।बिहीबार नै काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका २ जना (आमा–छोरा) पनि कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । उनीहरु गत चैत ५ गते बेलायतको लण्डनबाट नेपाल आएका थिए ।

सरकारले विदेशबाट आएका व्यक्तिहरुको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्ने क्रममा वैशाख १ गते सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनामा कोरोना संक्रमणको संकेत (एन्टिबडी पोजेटिभ) देखिएको थियो । कोरोना संक्रमणको संकेत देखिएपछि तीनै जनालाई सोही दिन पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

पछि पीसीआर विधिबाट परीक्षण गर्दा २ जनामा मात्रै कोरोना संक्रमण देखिएको थियो । नेपालमा पहिलोपटक गत माघ ९ गते एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।कोरोना भाइरसको पहिलो संक्रमित व्यक्ति करिब २ हप्ताको अस्पताल बसाइपछि संक्रमणमुक्त भएर घर फर्किएका थिए । हालसम्म काठमाडौंका ५, सुदूरपश्चिमका ४ र बाग्लुङका १ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना जितेर घर फिरेका इन्द्रको अनुभव– श्रीमतीले भाकल पो गरेकी रहिछन् ! गत फागुनको अन्तिम साता मजदुरीका लागि भारतको उत्तराखण्डस्थित लोहाघाट पुगेका कञ्चनपुरको बेदकोट नगरपालिका–१० चथरीका ४१ वर्षीय इन्द्र विकले १२ दिन सडकमा निर्माणको काममा मजदुरी गरे ।सोही बेला भारतले कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन लकडाउन जारी गरेपछि विकसहित त्यहाँ मजदुरमा रहेका नेपालीहरु हिडेरै भएपनि घर फर्किने निर्णयमा पुगे । दुई दिन पैदल हिँडेर कञ्चनपुरको सीमावर्ती बजार टनकपुर पुगेर विकसहित पाँच जना महाकाली नदीमा ट्युबमा तरेर भीमदत्तनगरपालिका–९ स्थित ब्रह्मदेव बजार पुग्नुभयो ।

गत चैत्र १३ गते नै विकसहितको टोलीले त्यहाँ तैनाथ सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएर गड्डाचौकीमा स्वास्थ्य जाँचपछि यहाँको बेदकोटमा रहेको क्वारेन्टाइनमा पुर्‍याएको थियो । ‘दुई दिनको पैदालयात्राले यहाँ पुग्दा शरीर गलेको र अल्छीजस्तै भएको थिएँ ।’ कोरोना भाइरसलाई जितेर बुधबार घर फर्किएका चथरीका विकले भने, ‘भारतबाट आउँदा अरु कुनै खाले बिसञ्चो थिएन ।’

मजदुरमा लगाउने ठेकेदारले आफूहरुलाई एक महिना लकडाउन लम्बिने सुनाएपछि घर फर्किने निर्णयमा पुगेको विकले बताए । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस सङ्क्रमणको उपचारपछि निको भएर फर्किएका विकले आफू बेदकोटको सुन्दरपुर क्वारेन्टाइनमा १० दिन बसेको बताए ।

‘कोरोना पोजेटिभ रिपोर्ट आएको भने पनि मेरो शारीरिक अवस्थामा कुनै तलमाथि भएको थिएन,’ १८ दिनसम्म सेतीमा उपचार गरेर निको भएका उनले भने, ‘उपचारका क्रममा चिकित्सक र स्वास्थ्यकर्मीले निकै राम्रो व्यवहार देखाउनुभयो ।’ उनले उपचारमा हुँदा समयमै औषधि र खानपिन मिल्ने गरेको बताए ।

‘डाक्टर’सापहरु फोन गरेर मेरो अवस्थाबारे जानकारी लिइरहनुहुन्थ्यो,’ होम क्वारेन्टाइनमा रहेका विकले भने, ‘स्वास्थ्य परीक्षणका लागि स्वाब र रगत नमूना लिँदा निकै सावधानी अपनाइन्थ्यो ।’ यसअघि पाँच जना सङ्क्रमित रहेको सुदूरपश्चिममा विकसहित तीन पुरुष फर्किसकेका छन् । उनले कोरोनाबाट बच्न सरकारले जारी गरेको सावधानी सबैले अपनाउनुपर्ने बताए ।

‘अस्पतालमा हुँदा धेरै सोच्दै जाँदा मानसिक तनाव हुन्थ्यो,’ उनले भने, ‘हिजो त मज्जाले निदाए ।’ घर फर्किएका विक भाइको घरलाई क्वारेन्टाइन बनाएर बसिरहेका छन् । ‘भाइबुहारी भारतमै छन्,’ उनले भने, ‘घर खाली भएकाले त्यसलाई प्रयोग गरेको हुँ ।’

श्रीमान्‌लाई क्वारेन्टाइनमा राखिएको चार दिनपछि थाहा पाएकी सीता विकले सङ्क्रमणयता घरका सबै तनावमा बसेको बताइन् । ‘मजदुरी गर्न गएका श्रीमान्‌ बिरामी लिएर आउँदाको पीडाले घरपरिवार पूरै बेचैन भयो,’ सीताले भनिन्, ‘उपचारपछि निको भएर आएका श्रीमान्‌लाई आँखा अगाडि देख्दा खुशीको सीमा नै रहेन ।’

श्रीमान्‌को स्वास्थ्यलाभका कामना गर्दै आफूले भगवान् पुकार्दै बसेको उनको भनाइ छ । उनले श्रीमान्‌को स्वास्थ्यलाभका लागि भन्दै भगवान्‌सँग भाकलसमेत गरेको सीताले सुनाइन् । त्यसैगरी इन्द्रका १२ वर्षीय छोरा विवेक विकले भने बुबा बिरामीपछि थला परेको घरको जिम्मेवारी सम्हालेका छन् ।आमा बुबालाई ठूलो रोग लागेको छ भनेर सधैं रुनुहुन्थ्यो, खाना पनि नखाने,’ बुबा घर फर्किएपछि हर्षित मुद्रामा देखिएका उनले भने, ‘मैले बुबाको स्वास्थ्यलाभका निम्ति घरभित्र रहेको भगवान् कोठामा सधैँ पूजा गर्ने, फूलपाती चढाउँथे ।’

गाउँको रत्न माविमा कक्षा ५ मा अध्ययनरत बालक विवेकले घरमा रहेका आमा र बहिनीलाई ढाडस दिँदै आएको इन्द्रकी फुपू नाता पर्ने चम्फा विकले बताइन् । ‘मेरो भदाको उपचारमा खटिने चिकित्सक त हाम्रो परिवारका लागि भगवान् नै हुन्,’ उनले भनिन्, ‘मरे पनि छुन नपाइने भन्ने समाचार सुनेर सिङ्गो परिवार दुःखमा थियो ।’उनले गाउँमा सञ्चो भएर फर्किएपछि निकै सद्भाव मिलेको विकको भनाइ छ । ‘क्वारेन्टाइन बसेर उपचार गरी फर्किएकामा गाउँले दाजुभाइ पनि खुबी छन्,’ उनले भनिन्, ‘घर आउन सीमानाका बन्द भएपछि ट्युब तरेर आउनु बाध्यता थियो ।’

त्यसैगरी बेदकोट नगरपालिका–१० का वडाध्यक्ष केश रावलले कोरोना भाइरस जितेर विक गाउँ फर्किएपछि खुशीयाली छाएको बताए । ‘कोरोना लाग्यो कि मर्छन् भन्ने गाउँमा त्रास थियो,’ गाउँमा राहत वितरण गरिरहेका वडाध्यक्ष रावलले भने, ‘निको भएर आएपछि सबै हर्षित छन् शेरबहादुर सिंह/राससयसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयासुसले संयुक्तराज्य अमेरिकासमक्ष संगठनलाई प्रदान गरिँदै आएको आर्थिक सहयोग नरोक्न र पूर्ववर्ती निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

संगठनको मुख्यालय जेनेभामा आयोजित पत्रकार सम्मेलनका क्रममा महानिर्देशक टेड्रोसले संयुक्तराज्य अमेरिकाले संगठनका कार्यहरुलाई पुनः सहयोग गर्ने एवं मानिसको जीवन बचाउने कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।उनले संयुक्तराज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई निरन्तर मद्दत गरिरहेको र अमेरिका नै संगठनलाई आर्थिक मद्दत गर्ने पहिलो नम्बरको मुलुक रहेको बताउँदै भने, “हामी अमेरिकाको त्यस सहयोगलाई भुल्न सक्दैनौं, र त्यसप्रति उच्च सराहना गर्दछौं ।”

इथियोपियामा अमेरिकी सहयोगकै कारण स्वास्थ्य प्रणालीमा सुधार हुन सकेको दृष्टान्त दिँदै निकै भावुक मुद्रामा महानिर्देशक टेड्रोसले भने , “मलाई आशा छ संयुक्तराज्य अमेरिकाले गरेको यो सहयोग अरुका लागि मात्र लगानी होइन, स्वयम् अमेरिकी जनताको स्वास्थ्यका लागि पनि हो ।”गत साता अमेरिकी ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस फैलिएका बारेमा सूचनाहरु लुकाएको र संगठनले चीनको पक्ष लिएको भन्दै संगठनलाई दिइआएको आर्थिक सहयोग रोक्ने घोषणा गरेको थियो । अमेरिकी अधिकारीहरुले संगठनको भूमिकाका बारेमा पुनः मूल्याँकन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताए ।

अमेरिकाले हाल विश्व स्वास्थ्य संगठनलाई वार्षिक करिब ५० करोड अमेरिकी डलर प्रदान गरिरहेको छ । चीनले डब्लुएचओलाई करिब ४ करोड डलर दिँदै आएको छ । कोरोनाभाइरसको जोखिम उच्च रहेपनि चीन र अरु मुलुकबाट अमेरिकातर्फ हुने यात्रामाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णयप्रति डब्लुएचओले आलोचना गरेको राष्ट्रपति ट्रम्पले आरोप लगाउँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.