स्कूल सञ्चालक भुसाल कैलालीमा मृत अबस्थामा फेला

0

काठमाडौ, बैशाख १२ – कैलालीको गौरीगङ्गा नगरपालिकास्थित बिहानी क्षितिज इङ्लिस बोर्डिङ स्कूलका सञ्चालक कृष्णप्रसाद भुसाल मृतावस्थामा फेला परेका छन् । गौरीगङ्गा नगरपालिका–९ बसोबास रहेका ४० वर्षीय भुसालको शव घोडाघोडी नगरपालिका–१० मा रहेको कैलाशधाम मन्दिर क्षेत्रमा फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिए।

प्रहरीका अनुसार शवको आँखा, मुख र घुँडामा चोट देखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय सुखडका प्रमुख भट्टले जानकारी दिए । उनका अनुसार दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेका छ ।

Leave A Reply

Your email address will not be published.