कोरोनाका कारण जुम्ल्याहा दिदी–बहिनीको तीन दिनको फरकमा मृत्यु

0

एजेन्सी – विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट बेलायतमा जुम्ल्याहा नर्सको ज्यान गएको छ । ज्यान जानेमा काटी डाभिस र उनकी जुम्ल्याहा दिदी यम्मा डाभिस रहेका छन् । उनिहरुको कोरोनाका कारण ज्यान गएको हो । ३७ वर्षीया बहिनि काटी डाभिस र उनकी दिदि डाभिसको ज्यान गएको विदेशी समाचार माध्यमले जनएको छ ।

बेलातमा कोरोनाका कारण दर्जनौ नेपालीको पनि ज्यान गएको छ । त्यस्तै अहिलेसम्म कोरोनाभाइरस संक्रमणबाट ५० जना नर्सको मृत्यु भइसकेको विदेशी समाचार माध्यमहरुले बताएका छन् ।

अन्य समाचार : लकडाउनमा रिपोटिङमा कस्टदायी यात्रा, हेर्नुहोस् भिडियो अहिले विश्व कोरोना भाइरसबाट आतंकित भइरहेको छ। चीनको वुहान प्रान्तबाट सुरू भएको यो भाइरस हाल चीनमा नियन्त्रणमा आइसकेको छ भने इटाली अहिले यसको चरम चपेटामा छ। त्यस्तै युरोप, अमेरिका र मध्य पूर्वमा यो तीव्र दरले फैलने क्रममा छ।

त्यस्तै नेपालमा पनि ४९ जना संक्रमित छन् भने १० जना निको भइसकेका छन् । यसै क्रममा हाम्रो फेवा टेलिभिजन टिम स्थानिय तहले के-के काम गर्दै छ, राहात कसरी बाड्दै छ, भन्ने सिलसिलामा प्रश्न गर्दै गाउ गाउ पुगेको छ ।

हाम्रो यात्रा निकै कस्टदायी रहेको थियो । खोलामा पुल बन्दै गरेको, मटरबाटोहरु पिच हुने क्रममा थिए, त कतै पाइप बिक्षाइएको थियो। यो आतंक फैलाईरहेको कोरोना भाइरसको कारण भने सबै काम ठप्प छन् । हेर्नुहोस यो कस्टदायी भिडियो

Leave A Reply

Your email address will not be published.