यो साता निकै राम्रो छ यी ७ राशिको भाग्य, तपाईको राशि कुन ?

0

वृष– मनोरञ्जनमा समय खर्च हुनेछ । साथीभाइसँग भेटघाट एवं) मित्र सँग रमाइलो हुनेछ । साताको मध्यमा भने धन वृद्धि हुने, छर छिमेकको सहयोग मिल्ने तथा वाणीले साथ दिनेछ । साताको अन्त्यमा भने स्थान परिवर्तन हुने, भाइबन्धुको सहयोग मिल्ने तथा सानो यात्राको अवसर आउनेछ ।

मिथुन– धन हानीको सम्भावना रहनेछ । अनावश्यक खर्च बढ्नाले पैसाको अभाव रहनेछ । साताको मध्यमा भने भटघाटको अवसर मिल्ने, पारिवारिक रमाइलोमा खर्च हुने तथा वैदेशिक योग बन्नेछ । प्रशन्नता बढ्नाले काममा फाइदा हुनेछ । साताको अन्त्यमा भने सम्पतिको कारोबार बढ्ने, निजी कामबाट फाइदा मिल्ने एवं
आफन्तको सहयोगले पुराना काम एवम मामिला सुल्झिनेछन् ।

कर्कट– धन सम्पतिको कारोबार बढ्नेछ । आयश्रोतको पहिचान हुनाले व्यावसायिक काममा फाइदा मिल्नेछ । साताको मध्यमा भने स्वास्थ्यमा बाधा एवम फजुल खर्च हुनेछ । अनावश्यक विवाद बढ्ने एवं फाइदा अरुलाई जानेछ । साताको अन्त्यमा भने कार्य सुचारु हुने भाग्यले साथ दिने एवं पारिवारिक भेटघाट बढ्नेछ ।

सिंह – राजनीतिक लाभ मिल्नेछ । काममा प्रशंसा मिल्नाले मन प्रशन्न रहनेछ । व्यवसायमा सन्तुष्टि सम्पति बढ्ने एवं कृषि चौपायाबाट लाभ मिल्नेछ । सामान्य चोटपटकको भय भने रहनेछ । साताको अन्त्यमा भने यात्रामा समस्या एवं धन हानी हुनेछ । काममा व्यवधान आउनाले अपजसको भार पर्नेछ ।

कन्या– धार्मिक काममा खर्च एवं सामाजिक काममा व्यस्त भइनेछ । परोपकारमा मन जाने एवं विदेशबाट फाइदा हुनेछ । पारिवारिक काममा राहत मिल्नाले राजनीतिक क्षेत्रमा पनि पहुँच बढ्नेछ । रोजगारीमा थप योजना एवं धन सम्पतिको योग देखिन्छ । सहयोगी हातहरु मिल्नाले आम्दानी बढ्नेछ । आँटेको काम पूरा हुनाको साथै आकस्मिक राम्रो खवर पनि मिल्नेछ ।

तुला– सामान्य झमेला आउने देखिन्छ । स्वास्थ्यमा बाधा हुनाले काममा रोकावट पर्नेछ । साताको मध्यमा भने कार्यमा प्रगति देखिने एवं भाग्यले साथ दिनेछ । छोटो यात्राको योग एवं विदेश सम्बन्धी काममा फाइदा मिल्नेछ । साताको अन्त्यमा प्रशंसा बढ्ने ठूलाबडा व्यक्तिसँग राम्रो सम्बन्ध बन्ने एवं पद प्रतिष्ठामा सुख बढ्ने देखिन्छ ।

वृश्चिक – नयाँ कामको सुरुवाती हुनेछ । दाम्पत्य मेलमिलाप हुने एवं व्यापार व्यवसाय फस्टाउनेछ । साताको मध्यमा भने बाधा व्यवधान आउने देखिन्छ । स्वास्थ्य प्रतिकुल रहनाले काम अधुरो रहनेछ । साताको अन्त्यमा भने अधुरा काम बन्ने परोपकारमा मन जाने एवं धार्मिक व्यस्तता बढ्नेछ ।

धनु – स्वास्थ्यमा सुधार आउनेछ । आपसी मामिलामा राहत मिल्ने एवं प्रेममा प्रगति देखिन्छ । वैवाहिक कार्यको व्यस्तता एवं व्यवसायिक यात्रा हुनेछ । साताको अन्त्यमा भने अचानक कार्यमा बाधा देखिने एवं स्वास्थ्यले साथ छोड्नेछ । फाइदा अरुलाई जानाले घाटा बेहोर्नुपर्नेछ ।

मकर – अध्ययन एवं सांगितिक काममा प्रगति देखिन्छ । विद्यामा उन्नती हुनाले वौद्धिक क्षेत्रमा प्रगति मिल्नेछ । साथी भाइसँग मित्रता बढ्ने एवं खेलकुद र कला क्षेत्रमा रुचि जानेछ । साताको अन्त्यमा भने पारिवारिक मेलमिलाप एवं प्रेमीप्रेमिकाबीच सुमधुर सम्बन्ध रहनेछ । खानाको मज्जा मिल्नेछ ।

कुम्भ– पारिवारिक झमेला आउनेछ । मानसिक अशान्ति बढ्ने एवं जग्गा जमिन सम्बन्धी विवाद हुनेछ । बोलीको कारणले शत्रुता बढ्ने एवं धनको विषयमा विवाद हुनेछ । साताको अन्त्यमा भने मुद्दा एवं झमेलामा समझदारी हुने तथा मेलमिलापको स्थिति रहनेछ ।

मीन – छोटो यात्राको अवसर मिल्नेछ । भाइबन्धुको साथ रहने एवं काममा जिम्मेवारी थपिनेछ । साताको मध्यमा भने पारिवारिक बोझ बढ्ने एवं चिसोले स्वास्थ्य समस्या निम्त्याउनेछ । साताको अन्त्यमा सन्तानबाट खुशी बढ्ने एवं योजनामा प्रगति देखिने तथा संगीत एवं अध्ययनमा रुचि र प्रगति हुनेछ ।

Leave A Reply

Your email address will not be published.