अमेरिकामा पाँच महिनाकी बालिकाको कोरोनाका कारण मृत्यु

0

एजेन्सी – विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण अमेरिकामा पाँच महिनाकी बालिकाको ज्यान गएको छ । माहामारि रुपमा फैलिएको कोरोनाका कारण अमेरिकामा मात्रै हालसम्म ५२ हजार भन्दा बढिको ज्यान गएको छ ।

हालै अमेरिकाको न्यूयोर्क सिटीमा अग्नि नियन्त्रक खेरेल ला सान्ता र शिक्षा बोर्डकी कर्मचारी लिन्ड्से ला सान्ताकी पाँच महिनाकी छोरीको ज्यान गएको समचार माध्यमले जनाएको छ । उनलाई मार्च २१ मा ज्वरो आएपछि न्यूयोर्कको अस्पताल भर्ना गरिएको थियो ।

भर्ना गरिएकी उनको कोरोनाका कारण ज्यान गएको विदेशी समाचार माध्यमहरुले बताएका छन् । त्यस्तै बेलायतमा पनि कोरोनाका कारण जुम्ल्याहा दिदी–बहिनीको तीन दिनको फरकमा मृत्यु थियो ।

ज्यान जानेमा काटी डाभिस र उनकी जुम्ल्याहा दिदी यम्मा डाभिस रहेका छन् । उनिहरुको कोरोनाका कारण ज्यान गएको हो । ३७ वर्षीया बहिनि काटी डाभिस र उनकी दिदि डाभिसको ज्यान गएको विदेशी समाचार माध्यमले जनएको छ । र अमेरिकामा अहिलेसम्म कोरोनाका कारण तीन बालबालिकाको ज्यान गएको हो ।

Leave A Reply

Your email address will not be published.