लकडाउनको बारे कुनै निर्णय भएन

0

१३ बैशाख २०७७, शनिबार काठमाडौं । सरकारले आन्तरिक र अन्र्तराष्ट्रिय हवाई उडान जेठ २ गतेसम्म रोक्ने निर्णय गरेको छ । शनिबार मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समिति बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई थप समय रोक्ने निर्णय लिएको हो। यसअघि बैशाख १८ सम्म अन्र्तराष्ट्रिय र आन्तरिक उडान बन्‍द गरिएको थियो ।कोरोना संक्रमण रोकथामका लागि उडान रोक्ने निर्णय भएको उनले बताए ।

बैठकमा अहिलेसम्म भएका कामको समीक्षा गरिएको समेत सचिव नारायण प्रसाद विडारीले जानकारी दिए ।बैठकले अहिलेसम्म नियन्त्रणमा सफल नै रहेको निष्कर्ष निकालेको छ । त्यस्तै बैठकमा ३३ दिनसम्मको लकडाउनको समिक्षा पनि भएको छ । सचिव विडारीले कति दिन थप्ने या नथप्ने भन्ने तय मन्त्रिपरिषद बैठकले तय गर्ने जानकारी दिए । बैठकले अहिलेसम्म अत्यावश्यक बस्तुको आपूर्ति सहज रुपमा भइरहेको ठहर पनि गरेको उनले बताए ।त्यस्तै बैठकले कोरोना नियन्त्रण र रोकथाम तथा उपचारका लागि भएका प्रयासलाई थप शसक्त ढंगले अघि बढाउने निर्णय पनि गरेको छ ।

Leave A Reply

Your email address will not be published.