लकडाउनमा काठमाडौं : सुनसान तर सफा र चिल्ला बने सडकहरु

0

काठमाडौं, १३ बैशाख । मुलुक लकडाउनमा गएको १ महिना २ दिन भइसकेको छ । थपिएको अन्तिम पटकको लकडाउनको अवधि पनि पर्सि सोमबार सकिदैछ ।

सबैको कौतुहल लकडाउन के होला अब थपिएला या नथपिएला थपिए पनि कस्तो मोडेलको हुने हो रु भन्नेमा पनि केन्द्रित छ ।

लकडाउनले उकुमुकुश हुनु स्वभाविक नै हो तर कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा लकडाउनको भूमिका प्रबल छ भन्नेमा आम जनमानस एक मत पनि छ ।

हरेक विहान सबैरैदेखि राति अबेरसम्म व्यस्त हुने काठमाडौं उपत्यकाका सडकहरु सुनसान छन् लकडाउनको कारण । तर यही सुनसानबीच काठमाडौंका सडकहरु सफा र चिल्ला पनि बन्दैछन् । लकडाउन खुलेपछि काठमाडौंवासीले अकल्पनीय स्वच्छ र सफा सडकसंग साक्षात्कार गर्न पाउने भएका छन् ।

कुनै विदेशी मुलुकका झै लाग्ने सडकहरु अब भने काठमाडौंको परिचय अन्तर्राष्ट्रिय शहरका सडकसंग दाँज्न मिल्ने भएको महसुस गरिन थालिएका छन् ।

Leave A Reply

Your email address will not be published.