कोरोना जितेकी ६१ वर्षीया पानादेवी भन्छिन्-‘हिम्मत गर्नुस्, म बूढीले त जितेँ’

0

घोडाघोडी । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारपछि लम्कीचुहा नगरपालिका–१ लम्की भुरुवाकी ६१ वर्षीया पानादेवी विक कोरोनालाई जितेर बिहीबार घर फर्किएकी छिन्।

प्रदेश नम्बर २ को वीरगञ्जमा श्रीमान्ले सञ्चालन गरेको चिया पसलमा सघाउँदै आएकी विकलाई कैलाली आउनेबित्तिकै लम्की बहुमुखी क्याम्पसमा सञ्चालन रहेको क्वारेन्टाइनमा राखिएको थियो।

दुई हप्ता क्वारेन्टाइनमा रहँदा पनि कुनै लक्षण नदेखिएपछि विकलाई स्वाब सङ्कलन गरी घर पठाइएको थियो। घर पठाइएको तीन दिनमा रिपोर्ट पोजेटिभ देखिएपछि लम्की क्षेत्रमा एक किसिमको तरंग नै फैलिएको थियो ।

संक्रमण देखिएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको थियो । अस्पतालका अनुसार उनको लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। उनी भन्छिन्( ‘हिम्मत गर्नुस्, म बूढीले त जितेँ । यो खबर आजको नागरिक दैनिकमा छापिएउको छ ।

Leave A Reply

Your email address will not be published.