‘अमेरिकन आइडल’मा तहल्का मच्चाएका नेपाली गायक दिवेशले भने ‘अबको मेरो यात्रा विश्वभरका नेपालीको हातमा छ’ (भिडियो)

0

काठमाडौँ, वैशाख १४ । अमेरिकाको रियालिटी शो ‘अमेरिकन आइडल’का विभिन्न राउण्डमा लागातार जजको मन जितेका नेपाली युवा गायक दिवेश पोखरेल अर्थर गनले आफ्ना प्रिय दर्शक तथा शुभचिन्तकहरुलाई आँफुलाई सहयोग गर्न अपिल गरेका छन् । आफ्नो अहिलेसम्मको ‘अमेरिकन आइडल’को सांगीतिक यात्रामा साथ दिएकोमा सम्पूर्णलाई धन्यवाद दिँदै आइतबारबाट सुरु हुन लागेको भोटीगंमा सहयोग गर्न अपिल गरेका छन् । एक भिडियो जारी गर्दै दिवेशले ‘अमेरिकन आइडल’को टप २० पर्फमेन्सको प्रिमियर हुन लागेको जानकारी दिँदै भोटीगं गर्न आग्रह गरेका छन् ।

अप्रिल २६ देखि २९ तारिखसम्म भोटीगं गर्न सकिने र एक जना ब्यक्तिले ३ फरक फरक तरिकाले ३० पटकसम्म भोटीगं गर्न मिल्ने दिवेशले बताएका छन् । टेक्स्ट, वेभ साइट र अमेरिकन आइडलको एप मार्फत भोटीगं गर्न अपिल गर्दै दिवेशले आफ्नो आगामी यात्रा आफ्ना शुचिन्तकको हातमा रहेको बताएका छन् । दिवेशको कन्टेस्ट नम्बर १६ हो । हेर्नुहोस् भिडियो

I want to thank all the people back home for supporting me from seven seas far from me. Even though all of you won’t be able to vote, you can still enjoy the performance when it streams out there. And for all the fellow natives who are in the united states, you will be able to vote through all the means, so don’t forget, voting will start soon as the show starts on Sunday, 8pm (ET). I appreciate all the love and support you all have been showing me. Sending you all well wishes.With respect,Dibesh Pokharel (Arthur Gunn)

Posted by Arthur Gunn on Saturday, April 25, 2020

Leave A Reply

Your email address will not be published.