अभिनेता इरफान खानकी आमाको निधन, लकडाउनले गर्दा अन्तिम संस्कारमा जान नपाउँदा भिडियो हेरेर भक्कानिएर रोए

0

काठमाडौं – बलिउडका चर्चित अभिनेता इरफान खानकी आमाको निधन भएको छ । उनकी आमा साइदा बेगमको ९५ वर्षको उमेरमा शनिवार निधन भएको हो । केही समयदेखि स्वास्थ्यमा समस्या रहेकी इरफानकी आमाको एककासी निधन भएको हो । आमाको निधन हुँदा इरफान अन्तिम संस्कारका लागि जयपुर जान पाएनन् । आमाको निधन भएपनि अभिनेता इरफानले आमाको अन्तिम दर्शन समेत गर्न पाएका छैनन्। भारतमा भएको लकडाउनका कारण उनी आफ्नी आमाको अन्तिम संस्कारमा उपस्थित हुन नसकेको समाचारमा जनाइएको छ।

समाचारका अनुसार यतिबेला इरफान खान आफ्नी पत्नीसँग जयपुर भन्दा धेरै टाढा छन्। लकडाउनका कारण उनले यात्रा गर्न नपाउँदा उनी आमाको अन्तिम संस्कारका लागि आउन नसकेको कारण निकै दुखि भएको बताइएको छ। उनकी आमाको शनिबार साँझ नै अन्तिम संस्कार गरिएको छ। उनको निधनको खबरले बलिउड शोकमा परेको छ । तर अभिनेता इरफान खान आमाको अन्तिम संस्कारमा उपस्थिति हुन नपाएपछि इन्टरनेटमार्फत अन्तिम संस्कार गर्दै गरेको भिडियो हेरेर भक्कानिएका थिए ।

जानकारी अनुसार इरफान खान पनि ठीक छैनन् । सन् २०१७ मा, अभिनेता क्यान्सरको उपचारको लागि विदेश गए । विदेशबाट फर्कने क्रममा इरफानले फिल्म अंग्रेजी माध्यमका लागि शुट गरे । फिल्म रिलीज पछि पनि, अभिनेता खराब स्वास्थ्य को कारण सबैबाट टाढा राखिएको छ ।

Leave A Reply

Your email address will not be published.