विवाह बारेको प्रश्नमा केकी अधिकारीको जवाफले पत्रकार चकित !

0

काठमाडौं । यो वर्ष मंसिरमा ३४ वर्षको उमेरमा नायिका ऋचा शर्माले विवाह गरेकी छिन् । यो सँगै अरु नायिकाहरुलाई पनि विवाहका लागि मानसिक दबाब आउँन थालेको छ । यस्तै केकी अधिकारी पनि एक नाम हो ।

उनी निरन्तर चलचित्रमा व्यस्त छिन् । उनी अभिनित चलचित्रले सन्तोषजनक व्यापार गरिरहेका छन् । हाल ‘झिंगे दाउ’मा काम गरिरहेकी यी सुन्दरीले यसपछि ‘चालबाज’मा काम गर्नेछिन् ।नायिका केकी अधिकारीको बिहे चर्चा पनि चलचित्र बजारमा चल्न थालेको छ । विवाहबारे प्रश्न राख्दा उनले अहिले आफूले साथीहरुको बिहे हेरेर आफ्नो तयारी गरिरहेको बताएकी छिन ।

ऋचाको विवाहपछि अब चाँडै आँचलको पनि बिहे हुँदैछ । अधिकारीले शर्माको विवाहमा गएको बेला यी कुराहरु खुलाएकी हुन् । कसरी बस्नुपर्छ, के गर्नु पर्दोरहेछ भन्ने सिकिरहेको उनले जवाफ फर्कइन् । नायिका ऋचा शर्माले दिपक्ष विक्रम राणासँग गएको मंसीर २१ गते विवाह गरेकी हुन्

Leave A Reply

Your email address will not be published.