यस्तो छ स्पेनिस घरेलु लिगको अवस्था, उच्च गोलकर्ता र एसिस्टमा मेसी अघि

0

काठमाडौँ । स्पेनिस घरेलु लिग ला लिगामा रियल मड्रिडका करिम बेन्जेमाले गोलसंख्या १२ पुर्याएका छन् । आइतबार राति सम्पन्न भ्यालेन्सियाविरुद्धको खेलमा बराबरी गोल गरेका बेन्जेमाले बार्सिलोनाका खेलाडी लियोनल मेसीसँगजत्तिकै गोल संख्या पुर्याएका हुन् ।

हाल लिगको १७ खेल (एल क्लासिको बाहेक) सकिँदा मेसी र बेन्जेमा उच्च गोलकर्ता गरेका छन् । उनीहरुले समान १२–१२ गोल गरेका छन् । तेस्रो स्थानमा बार्सिलोनाकै लुइस स्वारेजले ९ गोल गरेका छन् । त्यस्तै, गेटाफेका एंगेल रोड्रिग्वेज, भिलारियलका जेरार्ड मोरेनो, रियल बेटिसका लोरेन्जो जेसुस गार्सिया तथा आलाभेसका लुकास पेरेजले पनि ८ गोल गरिसकेका छन् ।

एसिस्ट

त्यस्तै, बार्सिलोनाका लियोनल मेसी हालसम्म सर्वाधिक एसिस्ट गर्नेको उच्च स्थानमा छन् । मेसी तथा भ्यालेन्सियाका रोड्रिगोले समान ६–६ एसिस्ट गरेका छन् । त्यस्तै, सेभियाका एभर बनेगा, रियलका बेन्जेमा तथा ग्रेनाडाका भिक्टोर डियाज मिगुइलको समान ५–५ एसिस्ट छ ।

लिगको अवस्था

आइतबारेको खेलमा भ्यालेन्सियाविरुद्ध जित निकालेको भए रियल मड्रि लिगको शीर्ष स्थानमा उक्लने थियो । तर, रियलले पनि बराबरी खेलेसँगै समान ३५ अंक भए पनि बार्सिलोना लिगको शीर्ष स्थानमा छ । तेस्रो स्थानमा ३१ अंकको साथ सेभिया छ । चौथो स्थानमा रहेको गेटाफेको ३० अंक तथा एट्लेटिको मड्रिडको मड्रिडको २९ अंक छ ।

जारी लिगमा सेन्टा भिगो, लेगानेस तथा इस्प्यानियोलको प्रदर्शन खराब छ ।

Leave A Reply

Your email address will not be published.