२५ सम्म लकडाउन लम्ब्याउने

0

काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यस अघि वैशाख १५ गते सम्म जारी गरिएको लकडाउनको समय सकिनु २ दिन अघि मन्त्रीपरिषदले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषदमा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको हिजोको बैठकले गरेको प्रस्तावका बारेमा छलफल गर्दै मनित्रपरिषदले यस्तो निर्णय गरेको बताइएको छ । सो समितिले एक साता लकडाउन लम्ब्याउन प्रस्ताव गरेको थियो । सोही निर्णय अनुसार मुख्यसचिव लोकदर्शन रेग्मीले लकडाउन लम्ब्याउने प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए ।

तर केही मोडालिटीमा भने परिवर्तन गर्ने सम्भावना देखिएको थियो । त्यसका बारेमा विस्तृत कुरा भने सार्वजनिक भएको छैन । प्रस्ताव अनुसार वैशाखभर लकडाउन लम्ब्याउने तर केही खुकुलो बनाउने उल्लेख भएको बताइएको थियो । तर सरकारले २५ गते सम्म लम्ब्याउने निर्णय गरेको छ । भारतमा कोरोना प्रभावितको संख्या बढ्दै जानु र नेपालमा पनि कोरोना पुष्टि हुनेको संख्या बढ्दै गएका कारण लकडाउन बढाउने निर्णय सरकारले गरेको बुझिएको छ । सरकारले हवाई सेवा २ जेठसम्मका लागि निषेध गर्ने निर्णय यस अघि नै गरिसकेको छ।

Leave A Reply

Your email address will not be published.