Breaking: फेरी थपिए एक जना कोरोना संक्रमित , संक्रमितको संखा ५२ पुग्यो

0

काठमान्डौ , नेपालमा फेरी एक जना कोरोना संक्रमित थपिएका छन् । कोशी अंचल अस्पताल बिराटनगरमा आज गरिएको कोरोना परीक्षणको नतिजामा थप एक जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।यो संगै नेपालमा संक्रमितको संखा ५२ पुगेको छ ।नया संक्रमित झापाका ५० बर्षीय पुरुष रहेको बताइएको छ ।नया संक्रमितको स्वास्थ्य अबस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन्। संक्रमित मध्ये १६ जना भने उपचारपछि निको भइसकेका छन्।

नेपालमा हालसम्म ५१ हजार ३ सय ६७ जनाको नमूना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा २ हजार ९६ जनाको नमूना परीक्षण भएको छ। जसमध्ये आइतबार मात्र तीन नयाँ संक्रमित थपिएका छन्। पिसिआरबाट ९ हजार ९ सय ३१ र आरडिटिबाट ४१ हजार ४ सय ३६ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ४ हजार ३ सय ८, प्रदेश २ मा ५ हजार १ सय ४१, बागमतिमा ७ हजार ५ सय ९१, गण्डकीमा ४ हजार ९ सय २४, प्रदेश ५ मा ३ हजार ३ सय २६, कर्णालीमा ४ हजार ९ सय ७४ र सुदुरपश्चिममा ११ हजार १ सय ७२ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ।

प्रदेश २ को ८ जिल्लामा १५ सय बढी नमूना संकलन गर्ने भनिएकोमा हालसम्म १ हजार २७ जनाको नमूना संकलन भई परीक्षण भइरहेको छ। उदयपुरमा ३ सय ३७ र झापामा ५० जनाको नमूना संकलन भएको देवकोटाले जानकारी दिए। मुलुकभर हाल १७ हजार २५ जना क्वारेन्टाइनमा छन्। मन्त्रालयका अनुसार प्रदेश १ मा ४ हजार ५ सय ७०, प्रदेश २ मा ३ हजार ९ सय २, बागमतिमा ४ हजार ६ सय ३६, गण्डकीमा ३ हजार ६ सय ५७, प्रदेश ५ मा १३ हजार १ सय १९, कर्णालीमा ५ हजार ४ सय ८० र सुदुरपश्चिम प्रदेशमा ५ हजार ९ सय ५१ क्वारेन्टाइनमा छन्।

Leave A Reply

Your email address will not be published.