लकडाउन १० दिन थप्ने सरकारको निर्णय

0

काठमाडौं, बैशाख १४ – नेपालमा कोरोनाका संक्रमणका बिरामि बढदै गएपछि आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको बताइएको छ।

अन्य समाचार :कोरोनाको उपचारपछि निको भई घर फर्किए १६ सङ्क्रमित काठमाडौँ, १४ वैशाख -कोभिड–१९ को उपचारपछि घर फर्किनेको सङ्ख्या १६ पुगेको छ । आज वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा उपचाररत थप चारजना सङ्क्रमित निको भएर घर फर्किएसँगै कोभिड–१९ सङ्क्रमितको उपचारपछि स्वस्थ भएर घर फर्किनेको सङ्ख्या १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ का सङ्क्रमित ५१ मध्ये १६ जना घर फर्किएको र ३५ उपचारका क्रममा रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशका विभिन्न अस्पतालमा उपचाररत कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।

यसअघि शुक्रबार धौलागिरि अस्पतालमा उपचारत एक कोरोना सङ्क्रमित युवती स्वस्थ्य भएर घर पठाइएको थियो भने शनिबार राति भरतपुरमा उपचाररत २७ वर्षीय पुरुषको पनि उपचारपछि घर पठाइएको थियो । हाल धनगढीमा एक, वीरगञ्जमा तीन, भरतपुरमा एक र विराटनगरमा ३० जना कोरोना सङ्क्रमितको उपचार भइरहेको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।

नेपालमा पहिलोपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका चीनबाट आएका एक व्यक्ति यसअघि नै घर फर्किसक्नुभएको छ । कोभिड–१९ नेपालमा पहिलोपटक गत माघ ९ गते सङ्क्रमण देखिएको थियो । दोस्रो सङ्क्रमित चैत १० गते फेला परेको थियो । चैतको १० मा उहाँमा सङ्क्रमण देखिएपछि सरकारले भोलिपल्ट चैत ११ गते ‘लकडाउन’को घोषणा गरेको थियो । पछिल्लो पटक गत वैशाख २ को मन्त्रिपरिषद्ले आगामी १५ गतेसम्म ‘लकडाउन’लाई निरन्तरताको निर्णय गरेको थियो । ‘लकडाउन’ नियमित गर्ने कि नगर्ने भनी निर्णय गर्न आएको मन्त्रिपरिषद्को बैठक बसेको छ ।

थप दुईमा सङ्क्रमण, ५१ पुगे सङ्क्रमित कोरोना भाइरसको सङ्क्रमण थप दुईजनामा देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । ती दुवैजना अहिले आइसोलेशनमा रहेका र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

एकाउन्न हजारभन्दा बढीको परीक्षण सरकारले हालसम्म कूल ५१ हजार ३६७ जनाको परीक्षण गरिएको छ । यसमध्ये पिसिआर प्रविधिबाट नौ हजार ९३१ र ¥यापिड डाइग्नोस्टिक टेष्ट प्रविधिबाट ४१ हजार ४३६ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा दुई हजार ९६ जनाको थप परीक्षण गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेश नं १ मा कूल चार हजार ३०८ परीक्षण गरिएको छ । प्रदेश नं २ मा कूल पाँच हजार १४१, वाग्मती प्रदेशमा कूल सात हजार ५९१ परीक्षण गरिएको छ । त्यस्तै गण्डकी प्रदेशमा कूल चार हजार ९२४, प्रदेश नं ५ मा तीन हजार ३२६, कर्णाली प्रदेशमा चार हजार ९७४ र सुदूरपश्चिम प्रदेशमा कूल ११ हजार १७२ नमूना परीक्षण गरिएको छ ।

हालसम्म कूल १७ हजार २५ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै कूल ११० जना आइसोलेशनमा छन् । तीमध्ये काठमाडौँ उपत्यकामा छ र बाहिर १०४ रहेका छन् । पछिल्लो २४ घण्टामा मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा कूल दुई हजार ७१ जनाले फोन सम्पर्क गरेका थिए । उक्त फोन सम्पर्कलाई सम्बन्धित चिकित्सकले आवश्यक समाधान गरेको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।

हालसम्म मन्त्रालयले सञ्चालनमा ल्याएको मोबाइल एपमा कूल २६ हजार ८१० जनाले स्वमूल्याङ्कन फाराम भरेकामा छ जनाको अवस्था जोखिमपूर्ण देखिएकाले टे«सिङ गर्ने कार्य जारी रहेको छ । हालसम्म कूल ‘रेड जोन’ मा भने २९६ जना रहेका छन् । प्रदेश नं २ का आठै जिल्लामा परीक्षणको दायरा विस्तार गर्ने क्रममा रहेको मन्त्रालयले जनाएको छ । यो प्रदेशमा एक हजार ५०० जनाको परीक्षण गर्ने लक्ष्य लिइएकामा हालसम्म एक हजार २७ जनाको नमूना सङ्कलन भइसकेको छ ।

यस्तै प्रदेश नं १ मा ४१३ को परीक्षण भएको र ३३७ जनाको नमूना सङ्कलन गरिएको जनाइएको छ । झापाको दमका एक सङ्क्रमित देखिएसँगै उनीसँगको संसर्गमा रहेका ५० भन्दा बढीको नमूना सङ्कलन भइसकेको मन्त्रालयका प्रवक्ता देवकोटाले बतउनुभयो । उहाँले कोभिडको उपचारमा आवश्यक जनशक्ति र अपर्याप्त स्रोत साधनबीच पनि सरकारले जोखिम न्यूनीकरणका लागि काम गरिरहेको बताउनुभयो ।

मन्त्रालयलाई स्वास्थ्य सामग्री सहयोग यसैबीच लाइन्स क्लब इन्टरनेशनले अत्यावश्यक स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई दिएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण भएको मन्त्रालयले जनाएको छ । जम्मा रु ५७ लाख ५० हजार मूल्य बराबरका स्वास्थ्य सामग्रीमध्ये दुई हजार थान पिपिई, पाँच हजार थान एन–९५ मास्क, सोही सङ्ख्यामा सर्जिकल मास्क, ग्लोब्स २० हजार थान छन् ।

बालबालिकामा कोभिडको जोखिम कम विश्वभरका बालबालिकामा कोभिड–१९ को सङ्क्रमण कम पाइएको छ । नेपालमा पनि बालबालिकामा कोभिड–१९ को जोखिम कम रहेको कान्ति बाल अस्पतालका निर्देशक कृष्ण पौडेलले बताउनुभयो । उहाँले हालसम्म १८ वर्षका दुई र सो उमेरभन्दा मुनिका एक जनामा सङ्क्रमण देखिए पनि उनीहरु उपचारपछि घर फर्किसकेको बताउनुभयो ।कान्ति बाल अस्पतालमा हालसम्म कोभिडको सम्भावित १६ जना बालबालिकाको नमूना परीक्षण गरिएकामा सबै नेगेटिभ नतिजा आएपछि घर फर्काइएको निर्देशक पौडेलले जानकारी दिनुभयो ।(रासस)

Leave A Reply

Your email address will not be published.