आजको राशिफल : वैशाख १५ गते, साेमबार

0

वि.सं.२०७७ साल वैसाख १५ गते । सोमबार । ईश्वी सन् २०२० अप्रिल २७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । वैसाख शुक्लपक्ष । तिथि– चतुर्थी,१६ घडी २५ पला,मध्यान्ह १२ बजेर ०४ मिनेट उप्रान्त पंचमी । नक्षत्र– मृगशिरा,४१ घडी ४१ पला,बेलुकी १० बजेर १० मिनेट उप्रान्त आद्र्रा । योग– अतिगण्ड,४० घडी २७ पला,बेलुकी ०९ बजेर ४१ मिनेट उप्रान्त सुकर्मा । करण– भद्रा,मध्यान्ह १२ बजेर ०४ मिनेट उप्रान्त बव,रातको १२ बजेर ०४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–वृष,बिहान ०९ बजेर ४९ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय ०५ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३४ मिनेट । दिनमान ३२ घडी ४१ पला । राष्ट्रिय चिया दिवस । ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथयात्रारम्भ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय मध्ययम रहेकोले व्यवसायमा घाटा लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापना गर्न गाह्रो हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट सहयोग हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) परिवारका साथ रमाइलो वातावरण तथा हासखेलमा समय बित्नेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरण स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । बिहानको समय मध्ययम रहेकोले व्यापारमा घाटा लाग्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले समयको गतिसँगै बढ्न सक्दा प्रतिस्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । प्रसस्त तयारि गरेर महत्वपुर्ण काम शुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वअध्ययनले पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । इच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माता पिताको धन तथा सम्पति प्रयोग गरि कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सूचनाहरु बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईको निम्न स्तरको सहभागिता रहनेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा चेलि माइतीबीच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्नीबीच दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिगतका कमजोरिहरुलाई सुधार गर्दै सफलताको मार्गमा पढाइ बढ्न सकिनेछ । स्वअध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतक सम्पतिको प्रयोग गर्न पाइने तथा विलाशी बस्तुको उपयोग मार्फत अरुको मन आफूनिर तान्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) इष्टमित्र तथा आफन्तका साथ मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धिको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारि चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले आफन्त, दाजुभाइ तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागी समय मध्ययम रहेकोछ ।

Leave A Reply

Your email address will not be published.