‘अमेरिकन आइडल’मा फेरी अर्को दमदार प्रस्तुती दिए दिवेशले, जजले गरे खुलेर तारिफ, दिवेशलाई भोट गर्ने पालो तपाई हाम्रो (भिडियो)

0

काठमाडौँ, वैशाख १५। नेपाली युवा गायक दिवेश पोखरेल अर्थर गनले ‘अमेरिकन आइडल’को टप २० पर्फमेन्सको प्रिमियरका लागी अर्को दमदार प्रस्तुती दिएका छन् । दिवेशले पदएको प्रस्तुतीपछि अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीले उनको खुलेर प्रशंसा गरेसँगै दिवेशको चर्चा थप चुलीएको छ ।

अमेरिकाको रियालिटी शो ‘अमेरिकन आइडल’का विभिन्न राउण्डमा लागातार जजको मन जितेका अर्थर गनका आगामी यस्तै सशक्त प्रस्तुती हेर्न चाहानु हुन्छ भने अब तपाइले भोट गर्नुपर्नेछ ।

आइतबारदेखि सुरु भएको भोटीगं अप्रिल २९ तारिखसम्म गर्न सकिने र एक जना ब्यक्तिले ३ फरक फरक तरिकाले ३० पटकसम्म भोटीगं गर्न मिल्नेछ ।
टेक्स्ट, वेभ साइट र अमेरिकन आइडलको एप मार्फत भोटीगं गर्न अपिल गर्दै दिवेशले आफ्नो आगामी यात्रा आफ्ना शुचिन्तकको हातमा रहेको बताएका छन् । दिवेशको कन्टेस्ट नम्बर १६ हो । हेर्नुहोस् भिडियो

Arthur Gunn Performs an AMAZING Rendition of "Lovin' Machine" – American Idol 2020

From the back porch to the Top 10? Arthur Gunn is a singin' machine!

Posted by American Idol on Sunday, April 26, 2020

Leave A Reply

Your email address will not be published.