थानकोटमा ट्रकभित्रै १७ वर्षीया किशोरीमाथि सामूहिक ब’लात्कार

0

काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ तीनथानास्थित पार्किङ गरेर राखिएको ट्रकभित्रै १७ वर्षीया किशोरीमाथि सा’मूहिक ब’लात्कार भएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सडक कि’नारमा पार्किङ गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्र लगेर ती कि’शोरीमाथि तीन जना युवाले सा’मूहिक ब’लात्कार गरेका हुन्। मंगलबार बिहान २ बजे भएको उक्त घ’टनामा सं’लग्‍न ३ जनालाई नै प्रहरीले पक्राउ गरेको छ। ब’लात्कारमा परेकी कि’शोरीलाई प्रहरीले मा’इती नेपालको जि’म्मा लगाएको छ।

सा’मूहिक ब’लात्कार आ’रोपमा पक्राउ परेकाहरुमा राप्ती गाउँपालिका-१ दाङका २४ वर्षीय सञ्जय घर्ती मगर, सुनकोसी गाउँपालिका-९ सिन्धुलीका १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका-२ रामेछापका १९ वर्षीया कपिल खड्का छन्। उनीहरु विभिन्‍न ट्रकका सहचालक रहेको खु’लेको छ। आ’रोपितलाई प्रहरी वृ’त थानकोटको हि’रासतमा राखेर अ’नुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए।

घ’रायसी कामको सि’लसिलामा धादिङबाट काठमाडौं आएकी ती किशोरी सोमबार दिउँसो फ’र्कने क्रममा थिइन्। त्यही बेला तीनथानास्थित भेटिएका तीन जना युवाहरुले आफूहरु धादिङ जाने र सि’त्तैमा धादिङ पुर्‍याइदिने कि’शोरीलाई प’खाएका थिए।

धेरै अ’बेर भएपछि आफू आ’त्तिएर कसैलाई स’हयोग मा’गेको तर सु’नसान भएका कारण कसैले न’सनेकोकिशोरीले प्रहरीलाई ब’ताएकी छन्। पछि उनीहरु तीनै जनाले आफूलाई स’माएर ट्रकभित्र ल’गी ज’बर्जस्ती ब’लात्कार गरेको पी’डित कि’शोरीले बताएको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

यो पनि पढ्नुस २ वर्षअघि हिजो २०७४ फाल्गुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगाल एयरलाइन्सको जहाज दु*र्घटनामा परी मृ*त्यु भएका परिवारलाई विपक्षीका अधिवक्ताले ध*म्की दिएको भन्दै उनीहरुले निस्पक्ष छानबिनको माग गरेका छन् । हिजो (मंगलबार) राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी ७ वटा मृ*तकका परिवारले विपक्षीका अधिवक्ता देवेन्द्र प्रधानले पत्र लेखी ध*म्की दिएको भन्दै उनीहरुले निस्पक्ष छानबिनको माग गरेका हुन् ।

मृ*तकमध्ये ७ वटा परिवारले उचित क्षतीपूर्तीको माग राख्दै यूएस बंगला एयरलाइन्सका विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका थिए । जसअनुसार गत कात्तिक २० गते पहिलो पेशी थियो । तर विपक्षीका अधिवक्ता प्रधानले ७ जनाको मुद्दामध्ये श्रेया झाको बाहेक अन्य ६ जनाको मुद्दा अदालतले खारेज गर्ने भन्दै पत्राचार गरेका थिए । पत्रमा प्रधानले पीडितलाई कोर्ट फिका रुपमा ३० लाख रुपैयाँ बुझाउनुपर्ने भएकाले यसले पीडितलाई अझ बढी असर गर्ने भन्दै बिचार पुर्याएर मात्रै काम गर्न सुझाव दिएका थिए ।

पीडितका तर्फबाट मुद्दा दायर गर्ने अधिवक्ता अमृत खरेलले विपक्षीका अधिवक्ता प्रधानले मुद्दामा सुनुवाई नहुँदै ५ दिन अगावै मुद्दा खारेज हुँदैछ भन्दै पत्र लेख्नु स्वतन्त्र न्यायापालिकालाई प्रभावमा पार्न खोजेको बताएका छन् । अधिवक्ता प्रधानले धम्कीपूर्ण पत्र लेखेपछि पीडितहरुले मुद्दालाई कात्तिक २० गते स्थगित गर्न अदालतमा निवदेन दिएका थिए । उनका अनुसार यो स्वतन्त्र न्यायापालिकालाई प्रभावमा पार्ने काम भयो, प्राकृतिक न्यायको सिद्दान्त विपरीत भएको छ ।

खरेलले विपक्षी अधिवक्ता प्रधानले पत्र लेख्नुलाई व्यवसायिक मर्यादा र कानूनी व्यवसायीको पेशागत आचारसंहिता विपरीत गम्भीर चलखेल भएको समेत आरोप लगाएका छन् । प्रधानले पत्रमार्फत मुद्दा अदालतमा वर्षौसम्म रहने दाबी गर्दै अदालत बाहिर आपसी समझदारीमा टुंगो लगाउन समेत सुझाव दिएका छन् । अन्यथा यूएस बंगला कानूनी प्रक्रियाका लागि लड्न तयारी अवस्थामा रहेको समेत उल्लेख छ ।

पीडित परिवारले उनीहरुले जीवनभर कमाउने आय, पढाई खर्चलगायतका सबै कुराको मूल्यांकन गरी मुम्बईस्थित ग्लोवल रिस्क कम्पनीले प्रति परिवार ३० करोड रुपैयाँ क्षतिपूर्ती निर्धारण गरेको थियो । उक्त कम्पनीको सोही क्षतिपूर्ती माग राख्दै पीडित परिवारले प्रति परिवार ३० करोड रुपैयाँ क्षतिपूर्ती पाउने गरी यूएस बंगलाविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । पीडित परिवारले हालसम्म प्रति परिवार २० हजार डलर पाएका छन् भने यूएस बंगलाले पीडित परिवारलाई प्रति परिवार ५० हजार डलरसम्म क्षतिपूर्ती दिन सक्ने बताउँदै आएको मृ*तक एञ्जिला श्रेष्ठका बुबा विदुरमान श्रेष्ठले बताएका छन् ।

मुद्दा दर्ता गर्नेमा मृ*तक एञ्जिला श्रेष्ठका पिता विदुरमान श्रेष्ठ, आस्ना शाक्यका पिता राजभाइ शाक्य, प्रिन्सी धामीका पिता मनोज धामी, निगा महर्जनका पिता दीपक महर्जन, निली महर्जनका पिता राजकुमार महर्जन, सञ्जय महर्जनका पिता श्यामकुमार महर्जन र श्रेया झाका पिता लक्षमण महर्जन रहेका छन् ।

बंगलादेशमा एमबीबीएसको अध्ययन पूरा गरी स्वदेश फर्कने क्रममा भएको दु*र्घटनामा परी उनीहरुले ज्यान गुमाएका थिए । दु*र्घटना भएको मितिले २ वर्षभित्रमा अदालतमा मुद्दा दायर गर्ने हदम्याद रहन्छ । सोही अनुसार पीडितहरुले मुद्दा दर्ता गरेका थिए ।

Leave A Reply

Your email address will not be published.