शिशिर भण्डारीले घरभेटीलाई भाडा नतिरी २३ जना भोको अनाथहरुलाई खाद्यान्न सहयोग गरे (भिडियो हेर्नुस)

0

लकडाउनको समयमा काठमाडौंमा भोको रहेका बिपन्न परिवार, अपाँग तथा अनाथ बालबालिकाहरुलाई आफुले सकेको सहयोग गर्न समाजसेवी तथा कलाकार शिशिर भण्डारी अघि सरेका छन् । यसअघि घरबाटै धेरै औषधी उपचार नपाएकाहरुलाई आर्थिक सहयोग गरेका शिशिरले अब आफ्नो व्यक्तिगत र सबैसँग सहयोग उठाएर पिडितहरुको घाउमा मल्हम लगाउन लागेका हुन् । जस अन्तर्गत उनले भर्खरै एक अनाथ आश्रममा सहयोग गरेका छन् ।

शिशिरले फेसबुकमा मनैछुने स्ट्याटस लेख्दै भनेका छन्, कुनै समय काठमाडौंमा घरभेटीलाई घरभाडा तिर्न नसकेर लुकी-लुकी हिड्ने म,अरुसँग एकछाक बाँडेर खान सक्ने भएछु । तर यसपाली पनि घरभेटीलाई भाडा भने तिरेको छैन, बरु घरभेटीलाई भनेको छु- दाई, तपाई हामी त मिठो मसिनो खान सक्ने छौं, यो बेला अप्ठेरोमा परेकाहरुलाई खुवाऊँ है, घरभाडा अर्को महिना दिउँला । बुझ्दैछु, अरुसँग बाँडेर खान धन हैन, मन नै चाहिन्छ 😢 शिशिरले काठमाडौंको फ्युचर होप नेपाल नामक एक अनाथ आश्रममा आफुले सकेको खाद्यान्न सहयोग गरेका हुन् । (भिडियो हेर्नुस)

Leave A Reply

Your email address will not be published.