एक्कासि बेपत्ता भएकी गीता, बिनय र कालीबहादुर थिङको यसरि भयो दु:खद निधन !

0

बैतडीको तल्लोस्वराडमा एक किशोरी सोमबार मृतावस्थामा फेला परेकी छन् । शिवनाथ गाउँपालिका–४ की १८ वर्षीया गीता महर मृत फेला परेकी हुन् । शनिबार घरबाटै एक्कासि बेपत्ता भएकी गीता गाउँपालिका–२ स्थित दोगडाखोलामा मृतावस्थामा फेला परेकी बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गीताको खोलाले बगाएर अर्थात् के कारण निधन भएको भन्नेबारे खुल्न सकेको छैन ।” घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

त्यस्तै दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । गाउँपालिका वडा नं १ कटुनबेंसीस्थित वाग्मती नदीमा सोही गाउँपालिका –१ निवासी ४८ वर्षीय कालीबहादुर थिङ सो अवस्थामा फेला परेका हुन् । मकवानपुरबाट घर फर्कने क्रममा उक्त खोला तर्दा बगाई उनको निधन भएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ हामीले हिजो बेलुका थिङको शव ल्याई बिहान पाटन अस्पताल पोष्टमार्टमका लागि लगेका छौँ ।”

त्यस्तै सात महिनादेखि हराइरहेका भूमे गाउँपालिका–९ चुन्बाङका १३ वर्षीय विनय पुनको कङ्काल भेटिएको छ । गत वर्ष असोज ६ गतेदेखि हराएका पुनको आज कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।

हराएका बालक नभेटिएपछि खोजी गरिदिन आग्रह गर्दै परिवारले गत वर्ष पुस ५ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो । बाख्रा चराउन गएका स्थानीयवासीले जंगलको खोल्सामा मानव कङ्काल भेटिएको खबर प्रहरीलाई गरेका थिए । बालकको घरदेखि आधा घण्टाको पैदल दूरीमा उनको कङ्काल भेटिएको हो । प्रहरीसंँग घटनास्थल पुगेका बालकका परिवारका सदस्यले उनले लगाएको कपडा र साथमा रहेको सामसुङ मोबाइलबाट शव पहिचान गरिएको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो । बालकको निधन आफैँ भएको नभई कसैले ह-त्या गरेको हुन सक्ने भन्दै परिवारले थप अनुसन्धान गर्न प्रहरीमा निवेदन दिएको छ ।

Leave A Reply

Your email address will not be published.