भाइरल भइरहेको किमको कफिनवाला तस्वीर ‘फेक’ हो कि यथार्थ ?

0

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनको मृत्यु भएको वा गम्भीर बिरामी रहेको हल्ला चलिरहेको बेला एक तस्वीर भाइरल बनेको छ । एक सिसाको कफिन (ला-स राख्ने बाकस) मा उनको लास रहेको दाबी गर्ने एक तस्वीर भाइरल भइरहेको छ ।

सामाजिक संजालमा शेयर गरिएको किमको उक्त तस्वीरमा उनका आँखा बन्द भएको र रातो कपडा ओडाएर सिरानीमाथि टाउको राखिएको पछाडि ढल्काएको देखिन्छ । उत्तर कोरियाका नेताहरूको परम्परा अनुसार मृत्युपछि रातो कपडा ओढाएर सिरानीमाथि टाउको राखिने चलन छ । अमेरिका र चीन किमबारे सत्य तथ्य पत्ता लगाउन लागिपरेका छन् । उत्तर कोरियाले भने किमले लेखेको पत्र सर्वजनिक गरेको छ । उक्त पत्रले भने उनी अझै जीवित रहेको जनाएको छ ।

किमको मृत्यु भएको दाबी गर्ने हाल भाइरल भइरहेको उक्त तस्वीर सन २०११ मा निधन भएको उनको बुवा किम जोंग इलकोसंगको तस्वीरसंग मिल्छ । उनको बुवाको पनि मुटु रोगको कारण नै मृत्यु भएको थियो । किम र उनको बुवा दुवै जनाको तस्वीर टाउको पछाडि उही कोण, सिरानी र फूल व्यवस्था रहेको देखिन्छ । त्यसैले केही अधिकारीहरुले किमको अनुहार र काँधहरूसंग उनको बुवाको तस्वीर जोडिएर फेक तस्वीर बनाइएको पनि हुन सक्ने अनुमान लगाइएको छ।

किमको उक्त तस्वीर एचकेएस टिभीमा प्रत्यक्ष देखाइएको जनाइएको छ । अफवाहको आँ-धीबेहरीको बीचमा तस्वीर हजारौं पटक अनलाइनमा शेयर भइरहेको छ । उनको मृत्युको दावीको रिपोर्ट गर्ने पहिलो आउटलेट मध्ये उक्त टिभी पनि एक हो। उनको तस्वीर हङकङको नेटवर्क एचकेएसटीभीमा प्रत्यक्ष देखाइएको दाबी गरिएको छ

किमबारे विवादास्पद रिपोर्टहरू बाहिर आइरहेको समयमा दक्षिण कोरियाले पनि किम जीवितनै रहेको बताएको छ । अव भने किमबारे उत्तर कोरियाको टिभीमा घोषणा नभएसम्म कुनै पनि जानकारी प्रमाणित गर्ने सम्भावना नभएको जनाइएको छ । किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया गरेको दैनिक एनकेलेले जनाएको छ । त्यसैले उनी उनको दि-वंगत हजुरबाबाको राष्ट्रिय जन्मदिन समारोहहरूमा समेत अनुपस्थित थिए ।

Leave A Reply

Your email address will not be published.