लकडाउनमा घर बसेकाको सार्वजनिक विदा कायम, तलब भत्ता पाउने

0

काठमाडौं । नेपाल सरकारले लकडाउनका अवधिमा घरमा बसेका कर्मचारीहरुको साे अवधिको विदालाई सार्वजनिक विदा कायम गरी तलब भत्ता दिने निर्णय गरेको छ ।

आज नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सो निर्णय गरेको हाे । सो सूचना अनुसार सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाइ आएको तलब भत्ता पाउने गरी सो अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक विदा कायम गर्ने निर्णय गरेको हाे ।

गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार गत चैत ९ गते र त्यसपछिका मितिमा जारी भएका आदेश अनुरुप यो अवधिलाई सार्वजनिक विदासरह मानेर सो अवधिमा श्रमिकले खाइपाई आएको तलब भत्ता पाउने व्यवस्था गरेको हो ।

यो व्यवस्था कार्यान्वयनमा आएसँगै लकडाउनको समयमा पनि कार्यालयमा उपस्थित भएर काम गर्नुपर्ने कर्मचारीलाई सार्बजनिक बिदा सरह नै अतिरिक्त सेवा सुविधा उपलब्ध गराइनेछ । गत बैशाख २ गते सरकारले यस्तो निर्णय गरेको थियो । सोमबार राजपत्रमा प्रकाशित भएपछि यो लागु भएको छ ।

Leave A Reply

Your email address will not be published.