कोरोनाभाइरस फैलाउन चीन नै दोषी, गम्भीर अनुसन्धान गर्दैछौँ : ट्रम्प

0

वासिंटन। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस फैलाउन चीन जिम्मेवार रहेको भन्दै उसमाथि अनुसन्धान गरिरहेको बताएका छन् ।

यसमा चीनको मात्रै भूमिका रहेको ट्रम्पको आरोप छ । यसका लागि ट्रम्पले चीनमाथि गम्भीर अनुसन्धान गरिरहेको पनि बताएका छन् । कोरोना भाइरसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनको क्रममा उनले यस्तो बताएका हुन् ।

बिबिसीका अनुसार ट्रम्पले चीनप्रति आफू असन्तुष्ट रहेको पनि बताएका छन् । कोरोना भाइरसको मूलमै रोक्न सक्ने अवस्थामा पनि चीनले चासो नदेखाएको ट्रम्पको भनाइ छ । र चीन यसमा असफल भएको उनले जनाए ।

साथै वर्तमान अवस्थाप्रति खुसी हुन नसक्ने पनि उनले बताए । यसअघि पनि ट्रम्पले कोरोना भाइरस फैलाएको आरोप चीनमाथि लगाउँदै आएका छन् । बिबिसीका अनुसार ट्रम्पले अमेरिकी अर्थतन्त्रलाई इतिहासमै सर्वोच्च तहममा पुर्याएको तर त्यसलाई बन्द गर्न दबाव परेको बताए । अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण ५५ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । झण्डै १० लाख संक्रमित छन् ।

Leave A Reply

Your email address will not be published.