को’रोना म’हामारी अब नेपालसहित दक्षिण पूर्वीएसियामा फै’लिन सक्ने, सतर्क होऊः विश्व स्वास्थ्य संगठन

0

काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले को’रोना भाइ’रस (को’भिड-१९) को म’हामारी अब नेपालसहित दक्षिण पूर्वीएसिया क्षेत्रमा फै’लिन सक्ने भन्दै कडा चे’तावनी दिएको छ। यसवि’रुद्ध तत्काल स’घन र प्र’भावकारी उपाय नअपनाए स्थिति ना’जुक बन्दै गएको उसको भनाइ छ। डब्लुएचओको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भनेकी छन्, ‘हामीले तत्काल भाइरस धेरै मानिसमा फै’लिन नदिन अपनाउने सा’वधानी बढाउन जरुरी छ।’ यो संक्रमण फै’लिन नदिन राष्ट्रिय तथा समुदाय स्तरमा एकीकृत प्रयासको खाँ’चो रहेको उनले बताएकी छन्।

डब्ल्यूएचओले दक्षिण पूर्वीएसियाली क्षेत्रका रूपमा नेपालसहित ११ मुलुकलाई राखेको छ। तीमध्ये ८ देशमा को’रोना भाइरस संक्रमण देखिइसकेको छ। जसअन्तर्गत सबैभन्दा बढी थाइल्यान्डमा १ सय ७७ जना संक्रमित भएका छन्। यस्तै इन्डोनेसियामा १ सय ३४, भारतमा १ सय २५, श्रीलंकामा १९, माल्दिभ्समा १३ तथा बंगलादेशमा ५ जना संक्रमित भेटिएका छन्। यस्तै नेपाल र भुटानमा पनि १/१ जना को’रोनाबाट संक्रमित भएको डब्ल्यूएचओले उल्लेख गरेको छ। यद्यपि नेपालमा सं’क्रमित देखिएका व्यक्ति उपचारपछि अहिले स्वस्थ भइसकेको सरकारले दा’बी गरिरहेको छ।

Leave A Reply

Your email address will not be published.