अस्पतालमा कोरोनाले छटपटी भैरहेका बिरामीको दर्दनाक अवस्था देख्न नसकेर अमेरिकाकी डाक्टरले गरिन देहत्याग

0

डाक्टर लोर्ना एम.ब्रीन अमेरिकाको एक ख्याति प्राप्त डाक्टर थिईन् । उनी केवल डक्टरको नाममा डाक्टर मात्र थिईनन् । उनीभित्र डक्टर हुनुको क्षमताका साथसाथै बिरामीकालागि आफन्तको पनि गुण थियो । उनलाई नजिकबाट चिन्ने साथीहरु भन्छन्, ‘लोर्ना सधैँ आफ्नो अप्ठ्यारोभन्दा उपचारलाई प्राथमिकतामा राख्थिन्। र सधैं बिरामीहरुलाई औषधिले भन्दा पहिला माया र केयरले निको पार्ने कोसिस गर्ने गर्थिन् ।’

लार्नाले आफ्नो समझदारीले र मिहिनेतले धेरैको जीवनलाई मृ-त्युतर्फ धकेलिनबाट बचाएकी थिईन् । उनी सधैँ त्यस्ता बिरामीको उपचारमा खटिइन् जो मृ/त्युसँग संघर्ष गरिरहेका हुन्थे। यस्ता बिरामीको उपचार गर्ने क्रममा लोर्ना कतिपटक आफु भावुक भएको कुरा उनले आफ्नो परिवारलाई सुनाउने पनि गरेकी थिईन् ।

उनले सधैं आफुले पाएको जिम्मेवरीलाई एक कुशल योद्धाले झैं कुशलतापूर्वक निर्वाह गरिरहन् थिईन् । उनी आफ्नो जिम्मेवारीमा यति बिलिन हुँदै गईन कि त्यसैले नै उनलाई मृत्युतर्फ धकेलेको उनका पिता फिली ब्रिनले बताएका छन् । न्युयोर्कबाट भर्जिनियास्थित बुवाआमाको घरमा फर्किएर लोर्नाले आ-त्मह-त्या गरेकी हुन् । अस्पतालमा दर्दनाक दृश्यबारे उनले परिवार सदस्यलाई सुनाएको उनका बुवा ब्रिनले बताए ।

अमेरिकी सञ्चार माध्यमहरुका अनुसार उनी न्युयोर्ककै ख्यातीप्राप्त आरटी ९इमर्जेन्सी रुम० को कार्यरत थिईन् । पछिल्लो समय लोर्ना म्यानहटनस्थित प्रेस्वेटरियन अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएकी थिईन् । अमेरिकाको कोरोना भाइरस ९कोभिड—१९० केन्द्र न्युयोर्क सहरको अस्पतालमा कोरोना संक्रमितको उपचार गर्दै आएकी डा. लोर्नाले आ-त्मह-त्या गरेकी छन् ।

Leave A Reply

Your email address will not be published.