सरकार ढलाउने खेल जहाँबाट खेलिएको भए पनि स्विकार्य हुने छैन : शान्ता चौधरी
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादमा पूर्वएमाले र पूर्वमाओवादीको कित्ताकाट स्पष्ट देखिएको छ।पूर्वमाओवादी नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई असक्षम भन्दै हटाउने पक्षमा छन् भने पूर्वएमालेको एउटा पक्ष ओलीलाई नै प्रधानमन्त्री बनाइराख्ने प्रयासमा छ।
नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी पनि अहिलेको विवादमा अगाडि देखिएकी छिन्। चौधरीले सरकार ढाल्ने खेलमा लागेको भन्दै नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी र दिनानाथ शर्मामाथि खुलेरै प्रहार गरेकी छिन्।एमाले कोटाबाट सचेतक भएकी चौधरीले सरकार ढाल्ने खेल कुनै पनि हालतमा स्वीकार नगर्ने चेतावनी दिएकी छिन्।
उनले लेखेकी छन : “कमरेड लेखराज भट्ट , टोपबहादुर रायमाझी र दिननाथ शर्माहरुको तर्क र अडानलाई सम्मान व्यक्त गर्दछु । पदको कुनै पर्वाह छैन, सरकार परिवर्तन गरौंला भनेर मत मागेको पनि हैन, भुँईमा बस्न तयार छौं , एकताबद्ध पार्टी निर्माणमा आफ्नो तर्फबाट जस्तोसुकै बलिदान गर्न तयार छौं। सरकार ढलाउने खेल जहाँबाट खेलिएको भए पनि किमार्थ स्विकार्य हुने छैन ।”