श्रीमान बिक्रिमा भन्दै महिलाले घरमा टाँसिन सूचना

0

काठमाडौं । संसारमा निकै अनौठो लाग्ने घ ट ना भइरहेका हुन्छन् । संचारको सुविधाका कारण विश्वमा हरेक कुनामा हुने यस्ता अनौठा घ टना का बारेमा क्षणभरमा जानकारी हुने गर्छ । हालै पोर्चुगलमा भएको एउटा घट ना ले विश्वको ध्यान तानेको छ । कोरोना फैलन नदिन विश्वका अधिकांश मुलुकमा लकडाउनको घोषणा गरिएको छ । विश्वका एक तिहाई नागरिक अहिले घर भित्रै छन् । यस्तो अवस्थामा परिवार भित्रका अनेक किस्सा सार्वजनिक भइरहेका छन् । कतिपय यस्ता किस्सा छन् जसले हामीलाई हेरेर मनोरञ्जन पनि दिनेगर्छ । कतिपय विश्वास गर्न नै कठिन हुने खालका पनि छन् । लकडाउनले २४ घण्टा संगै बस्दा परिवारकै सदस्यहरुबीचमा वैमनस्यता उत्पन्न भएका समाचार पनि बाहिरिएका छन् । लकडाउनले आर्थिक अभाव झेलिरहेका अधिकांश मध्य र निम्न वर्गको परिवारमा यस्ता स मस्या उत्पन्न हुन्छन् ।

लकडाउनका कारण सम्बन्ध बिच्छेद बढी हुनेदेखि जन्मदर पनि बढ्न सक्ने आँकलन विश्वमा गरिएको बेलामा पोर्चुगलमा भएको एउटा घ ट नाले सबैलाई आश्चर्य बनाएको छ । एक महिलाले आफ्ना श्रीमान बिक्रीमा छन् भन्दै सूचना सार्वजनिक गरेकी छन् । आफ्नो घरमा श्रीमान बिक्रीमा लेखिएको पोष्टर राखेको तस्बिर सार्वजनिक गरेकी छन् । सो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पोर्चुगलको लिस्बनमा बस्ने एक जोडीहरु २४ सै घण्टा सँगै बस्नुपर्दा हैरान भएको बताएका छन् । यसैकारण उनकी श्रीमतीले घरको बाहिर एउटा बोर्डमा आफ्ना श्रीमान बेच्न चाहेको लेखेर टाँसेकी छन् । लकडाउनमा श्रीमानसँग बस्दा धेरै किचकिच भएको तथा झै झ ग डा भएकाले उक्त सूचना लेखेर टाँसेको उनले बताएकी छन् । उनको सो तस्बिरमा हजारौं प्रतिकृया आएका छन् ।

Leave A Reply

Your email address will not be published.