राहत बाँड्न भन्दै वडाकार्यालयले गाउँलेसंगै रकम असुल्दै, पैसा दिएकाले पाएनन् चामल

0

ओखलढुंगा । लकडाउनको मा रमा परेका सर्वसाधारणलाई राहत दिनुपर्ने स्थानिय तह आफै रकम उठाउन लागेको छ । राहत बाड्ने भन्दै स्थानियवाटै रकम उठाइएको हो । गाउँलेवाट रकम उठाउन टोलमा समिति पनि बनाइएको छ । यो समाचार अन्नपुर्णपोष्टमा छ । सुनकोसी गाउँपालिका वडा नं। ४ मा राहत दिन वडाले टोल टोलमै समिति बनाएर चामल चाहिने व्यक्तिसँग प्रतिव्यक्ति १ हजार ३ सय ५० रुपैयाँ उठाएको हो ।

वडामा भो क मरी हुन लागे पनि गाउँपालिकाले नसुनेपछि स्थानीयलाई सहुलियत दिन रकम उठाएर चामल खरिद गरेर घरघरै बाड्ने तयारी गरेको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले राहत बाँड्ने पैसा उठाउनका लागि टोलटोलमै समिति समेत गठन गरेको छ । खाद्यन्न अभाव हुने भनेर वडामा ४ सय २९ परिवार पहिचान गरिएको छ ।

उनीहरुलाई वडाका तर्फबाट खरिद गरेर ढुवानी खर्च व्यहोरेर घरघरै पुर्‍याइदिने भन्दै निर्णय नै गरेर रकम उठाइएको हो । एक हप्ता पहिले रकम दिए पनि स्थानीयले चामल पाएका छैनन् । जेरुङ गाउँका स्थानीय विमला श्रेष्ठका अनुसार प्रतिव्यक्ति १ हजार ३ सय ५० का दरले रकम दिइएको छ । आफूले पनि चामल अभाव भएर रकम दिए पनि हालसम्म चामल आइनपुगेको श्रेष्ठले बताइन् । जेरुङ गाउँमा मात्रै २ सय बढीले रकम दिएका छन् ।

वडाले विपद् व्यवस्थापन कोषको १ लाख मात्र रकम रहेकाले स्थानीयसँगै रकम लिएर चामल खरिद गरी ढुवानी सहुलियत दिन लागेको वडा सचिव उर्मिला खत्रीले बताइन् । वडाका स्थानीयलाई वडा कार्यालयले ढुवानी सहुलियत दिने उद्देश्यले विपद् व्यवस्थापन कोषबाट ढुवानी गर्ने नीतिगत निर्णय भएको खत्रीको भनाइ छ ।

स्थानीयले भने गरिबसँगै रकम असुलेर राहतको नाममा नाटक गरेको आ रो प लगाएका छन् । गाउँपालिकाले खाद्य संकट भएका परिवारलाई राहत चासो नदिएको उनीहरुको भनाइ छ । पी डितसँगै रकम असुलेर राहत दिने काम नाटक मञ्चन मात्रै भएको स्थानीय नवराज खड्काले बताए ।

प्रभावित र गरिव परिवारबाटै रकम उठाएको विषयमा वडा अध्यक्ष कुमार राईले वडामा आफ्नै स्रोत नभएको, गाउँपालिकाले आफ्नो वडाको सम स्या नसुनेपछि प्रभावितबाटै रकम उठाएको बताए । उनले भने, ‘पोहोर फौजी कीराले सतायो, अहिले गाउँमा भो कम री लाग्ने अवस्था छ, गाउँपालिकाले राहत दिने कुरै नसुनेकाले यो प्रकृया थालेका हौं।’

Leave A Reply

Your email address will not be published.