केहि दिन अघि काठमाण्डौबाट आइ क्वारेन्टाइनमा बसेका एक जनाको निधन

0

रोल्पा – रोल्पा माडीगाउँ गाउँपालिका वडा न. २ पारिवाङमा रहेको क्वारेन्टाइनमा रहेका ६२ वर्षिय एक पुरुषको निधन भएको छ। माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनका अनुसार काठमाण्डौ ईट्टाभट्टामा नाइकेका रुपमा काम गर्ने छोरासंग दमको उपचारका लागि गएका उनी ५ दिन अगाडि रोल्पा आएका थिए।

परिवारसहित गाउँ आएका उनलाई घरमा राख्दा हेरचाह गर्ने कोहि नहुने भएपछि बिद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएको थियो। अध्यक्ष पुनका अनुसार मृतकलाई केहि वर्ष पहिले टिबी पनि भएको र दमको रोग उपचारका लागि काठमाण्डौ गएका थिए। उनको गए राति ११ निधन भएको हो।

माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनका अनुसार सदरमुकामबाट चिकित्सक स्वाब लिन घर्तीगाउँ पुगेका छन्। प्रमुख जिल्ला अधिकारीले पनि घटनाको पुष्टि गरेका छन्। उनका अनुसार ६२ बर्षिय पुरुषको स्वाब परीक्षणका लागि दाङ पठाउने तयारी भइरहेको छ।

Leave A Reply

Your email address will not be published.