चार दिनअघि आमालाई गुमाएका इरफानलाई लागेको थियो यस्तो दुर्लभ रोग

0

काठमाडौं। बलिउडका चर्चित अभिनेता इरफान खानको बुधबार बिहान निधन भएको छ । मुम्बईको रकोकिलाबेन अस्पतालको आइसियूमा भर्ना भएका उनको ५४ बर्षको उमेरमा निधन भएको हो । उनको निधनको खबरले अहिले बलिउड शोकमा डुबेको छ।

आजभन्दा ४ दिनअघि इरफानकी आमा सईदा बेगमको निधन भएको थियो । इरफानको बुधबार बिहानै भएको निधनको खबर पाएपछि भारतका सबै कलाकारले दुख व्यक्त गरेका छन् । एक दुर्लभ रोगबाट लामो समयदेखि पिडित रहेका इरफानले केही समयअघि आफ्ना फ्यानहरुलाई रोगबारे जानकारी गराएका थिए।

आज भन्दा २ बर्ष अघि २०१८ को मार्च ५ मा उनले आफ्नो बिरामीको बारे पनि थाहा पाएका थिए । उनले सामाजिक सञ्जालमार्फत आफुलाई ‘न्युरो इन्डोक्राइन ट्युमर’ भएको आफ्ना फ्यानलाई जानकारी गराएका थिए । उनको रोग निकै दुर्लभ किसिमको भएको बारे पनि बेलायतको राष्ट्रिय हेल्थ सर्भिसले उल्लेख गरेको छ।

यो ट्युमर शरीरका कैयौं अंगहरुमा फैलिने र यस्तो समस्या भएकालाई आन्द्राहरु सुन्निने एनएचएसले बताएको छ । यने पेटमा भएमा लगातार कब्जियत हुने र फोक्सोमा भएमा श्वास फेर्न गार्हो हुने हुन हुन्छ । त्यस्तै ट्युमर भएपछि ब्लड प्रेशर र सुगर घटबढ भैरहने एनएचएसल्े बताएको छ।

सन् १९८८ मा एकाडेमी अवार्डमा मनोनयनमा पर्न सफल “सलाम बम्बे” बाट चलचित्र क्षेत्रमा इरफान प्रवेश गरेका थिए । इरफान मुम्बईमा मात्र सीमित नभई “स्लमडग मिलेनियर”, “जुरासिक वल्र्ड”, “दी अमेजिङ स्पाइडर–म्यान” र “लाइफ अफ पाई” जस्ता चलचित्रमा पनि काम गरेका थिए।

Leave A Reply

Your email address will not be published.