छोरा आगलागीमा बितेको नौ दिनपछि बुवाको मृ’त्यु

0

गुल्मी। गत वैशाख ८ गते गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तिपुर बजारमा रहेको एक पसलमा भएको आ’गला’गीमा घा’इते भएका एक जनाको बुधबार नि’धन भएको छ। बाग्लुङको बरेङ गाउँपालिका वडा नंं ३ का वडा अध्यक्ष पूर्ण बहादुर खनालको गुल्मीको शान्तिपुर बसपार्कस्थित घरमा आगलागी हुँदा घा’इते खनालको बुधबार काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा नि’धन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

खाद्यान्न र ग्याँससँगै खुला रूपमा डिजल र पेट्रोलको समेत विक्री वितरण गर्दै आएका खनालको घरमा एक्कासि भएको आगलागीमा परी उनका कान्छो छोरा १६ वर्षीय समिरको सोही दिन घ’टना’स्थलमै मृ’त्यु भएको थियो। आगलागीमा पनि खनाल र उनकी श्रीमती रूपा खनाल घा’इते भएका थिए। घा’इते दुवै जनाको सोही दिनदेखि नै काठमाडौंमा उपचार भइरहेकोमा पूर्ण बहादुरको बुधबार नि’धन भएको हो।

आगलागीमा परी ज’लेको घा’उ निको हुँदै गए पनि सोही आगलागीबाट घटनास्थलमै छोराको ज्यान गएपछि विक्षिप्त बन्दै गएका खनालको हृदयघा’तका कारण ज्या’न गएको पारिवारिक स्रोतले बताएको छ। खनालले लामो समयदेखि शान्तिपुर बसपार्कमा खनाल स्टोर्स सञ्चालन गर्दै आएका थिए।

Leave A Reply

Your email address will not be published.