अलबिदा ईरफान ! यस्तो रहयो अभिनेता इरफान खानको जीवनयात्रा (भिडियो)

0

भारतीय चर्चित कलाकार ईरफान खानको निधन भएको छ । पेटमा गम्भिर समस्या भएर मुम्बईस्थित् धिरुभाई अम्बानी अस्पतालमा भर्ना भएका खानको आज निधन भएको हो । उनको ५४ वर्षको उमेरमा निधन भएको हो । मंगलबार खानको पेटमा संक्रमण देखिएपछि आइसियूमा भर्ना भएका थिए ।

सन् २०१८ देखि उनी क्यान्सर संग जुध्दै आएका थिए । निकै लामो लडाई पछि आज उनको निधन आएको हो । उनी कोलोन इन्फेक्सन का २८ अप्रिलमा अस्पताल भर्ना भएका थिए ।उनी आफ्नो स्वास्थ्य उपचारको क्रममा निरन्तर बेलायत समेत गरिरहेका थिए । उनको जन्म सन् १९६६ जनवरी ६ मा राजस्थान राज्यको जयपुरमा भएको थियो । उनी बलीउडका चर्चित कलाकार मध्ये एक थिए । उनी बलीउडका निकै चर्चित फिल्महरुमा समेत अभिनय गरेका थिए ।

Leave A Reply

Your email address will not be published.