रहेनन् बलिउडका चर्चित अभिनेता ऋषि कपुर

0

एजेन्सी, १८ वैशाख । बलिवुड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको छ । बिहीबार मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा उनको मृत्यु भएको हो । अभिनेता अमिताभ बच्चनले ट्वीटरमार्फत उनको निधन भएको जानकारी दिएका छन् ।

स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बुधबार अस्पतालमा भर्ना गरिएको थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए ।

फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो । उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन् ।

Leave A Reply

Your email address will not be published.