बलिउड अभिनेता ऋषि कपुरको निधन

0

काठमान्डौ , बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । उनको ६७ वर्षको उमेरमा निधन भएको हो । भारतीय सञ्चार माध्यम आजतकले यसबारे जानकारी दिएको हो । उनी बुधबार अस्पताल भर्ना भएका थिए । उनको क्यान्सरको उपचारको चलिरहेको थियो । बलिउडका महानायक अभिताभ बच्चनले उनको मृत्युबारे लेखेका छन्, ‘म पूर्ण रुपमा टुटिसकेको छु ।’ रबबिर कपुरले पनि उनको निधन भएको पुष्टि गरेका छन् ।उनका भाइ रणधीरले उनलाई सास फेर्न समस्या भएको बताएका थिए।

इरफानको मृत्युको १ दिन पछि ऋषि कपूरको निधन भएको हो ।ऋषि कपुरको बलिउडमा ठुलो योगदान रहेको छ ।उननको निधन ले उनका फ्यान हरु निकै दुखि भएको खबर आजतक ले लेखेको छ ।उनका थुप्रै चलचित्रहरु सुपर हिट थिए ।अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए ।उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन्।

Leave A Reply

Your email address will not be published.