पृथ्वीलाई कुनै असर नगरि सुरक्षित रुपमा पार भयो छुद्रग्रह

0

काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले बुधवार एउटा विशाल छुद्रग्रह पृथ्वीलाई कुनै असर नगरि सुरक्षित रूपमा पार भएको जनाएको छ। छुद्रग्रहलाई लिएर विभिन्न आशंका समेत उत्पन्न भएका थिए।

तर, नासाले पूर्वानुमान अनुसारनै उक्त छुद्रग्रह गुज्रेको जनाएको छ। पृथ्वीको इतिहासमा यस्ता क्षुद्रग्रह पृथ्वीमा ठोक्किएर ठूलो क्षति पुगेका घटना भएको समेत बताइने गरिन्छ।

त्यसैले क्षुद्रग्रह पृथ्वी नजिक आउन लागेको खबरले मानिस त्रसित बन्ने गरेका छन। आज पृथ्वीलाई पार गरेर गएको क्षुद्रग्रह सन् १९९८ जुलाई २४ तारिख पत्ता लागेको थियो। त्यसैले यसको नाम ‘१९९८ ओआर २’ राखिएको हो। यो क्षुद्रग्रहलाई मानिसहरुले विभिन्न ठाँउबाट टेलिस्कोपबाट अवलोकन गरेका थिए।

विगत् तीन दशकभन्दा बढि समयदेखि यो क्षुद्रग्रहमाथि गरिएको निगरानीबाट प्राप्त ज्ञानले वैज्ञानिकहरु यसबाट पृथ्वीलाई खतरा नरहेको बताउँने गरेका थिए। नासाले बुधबार क्षुद्रग्रह जाने बारे यसअघि जानकारी दिएको थियो।

Leave A Reply

Your email address will not be published.