इरफानको निधनले दुखी हुँदै सलमान, साहरुख र अमिरले दिए मन छुने अभिव्यक्ति

0

काठमाडौं । बुधबार बिहान निधन भएका बलिउड अभिनेता इरफान खानको आज साझँ नै अन्त्येष्टि गरिएको छ। उनको आज साझँ नै मुम्बईमा अन्त्येष्टि गरिएको हो । इरफानको बुधबार बिहान कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालको आइसीयूमा उपचारको क्रममा निधन भएको थियो ।

उनको निधनले अहिले बलिउड नै शोकमा डुबेको छ । उनको निधनको खबरले धेरै बलिउड कलाकार दुखी भएका छन् । सामाजिक सञ्जालभर उनको निधनमा दुख व्यक्त गरिएको छ । उनको निधनले बलिउड स्टार सलमान खान पनि दुखी भएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा मार्फत इरफानको निधनमा दुख व्यक्त गरेका हुन् । उनले इरफानको निधनले सबैका लागि ठूलो क्षति भएको बताएका छन् । त्यस्तै साहरुखले पनि उनी सानदार अभिनेता रहेको र उनको आत्माले शान्ति पाओस् भनेका छन् । उनले भनेका छन् , ‘मेरो साथी, प्रेरक तथा हाम्रो समयका शानदार अभिनेता । अल्लाहले तिम्रो आत्मालाई शान्ति देओस् इरफान भाइ ।’

Leave A Reply

Your email address will not be published.